काठमाण्डौं २ कात्तिक । आज मुहम्मद जयन्ती । मुस्लिम समुदायलाई आजका दिन सरकारले मोहम्मद जयन्तीका अवसरमा मुश्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले कात्तिक २ गते पर्ने १४९६ औं मुहम्मद जयन्तीका अवसरमा बिदा दिने निर्णय गरेको हो।
सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुहम्मद जयन्तीमा मुश्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभयो ।