स्याङ्जा २६ कात्तिक । आज तिहारको दोस्रो दिन लक्ष्मी पुजा परेको छ । आज तिहारको दोस्रो दिन कुकुर तिहार र लक्ष्मी पुजा एकै दिन परेको छ । यमपञ्चकको पहिलो दिन काग तिहार र दोस्रो दिन अर्थात कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार मनाईन्छ । तर यस वर्ष कुकुर तिहार र लक्ष्मी पुजा एकै दिन परेको हो ।
लक्ष्मी पुजा पनि आजको दिन परेको छ । गाई तिहारको दिन पर्ने लक्ष्मी पुजा यो वर्ष आज अर्थात् कात्तिक कृष्ण चतुर्दशीका दिन परेको हो । आज बेलुकी लक्ष्मी पुजा गरिन्छ । आजका दिन घर वरिपरि सरसफाइ गरी सिङ्गारेर बत्तीले झिलिमिली पारी लक्ष्मी पूजा गरेमा लक्ष्मीले सधैँ बास गर्छिन् र ऐश्वर्य प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास रहिआएको छ । यसै विश्वासका कारण आज घरघरमा दीपमालिका सहित दीपावली गरिन्छ ।