Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, October 31
    Trending
    • काशीराज पाण्डे भागवत् प्रतिष्ठानद्धारा समाजसेवी र बिद्यार्थी सम्मानित
    • हिमान्सुको जन्मदिनमा आश्रमलाई खाद्यान्न र स्वास्थ्य परिक्षण
    • पुतलीबजारको ११ करोड ५६ लाखको विकासे बजेट
    • खुमा अर्याल फाउन्डेसन सातौं साधारणसभा सम्पन्न
    • मोटरसाइकल दुर्घटनामापरी किसान प्रेमी अधिकृत लम्सालको निधन
    • पुष्प—चन्द्र ट्रष्टको साधारणसभा सम्पन्न, ५ जनालाई सम्मान
    • बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग
    • चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » आजको मध्यरातदेखि स्थिर समय लागु, प्रचार गरे २५ हजारसम्म जरिवाना
    समाचार

    आजको मध्यरातदेखि स्थिर समय लागु, प्रचार गरे २५ हजारसम्म जरिवाना

    Syangja SandeshBy Syangja SandeshNovember 17, 2022No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १ मंसिर । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि आज (मंसिर १ गते) राति १२ बजेदेखि स्थिर समय लागू हुने भएको छ ।

    निर्वाचन आचार संहिता, २०७९ अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म यो अवधि लागू रहन्छ । मतदान मङ्सिर ४ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।

    स्थिर समयमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणका सम्बन्धमा आचारसंहितामा उल्लेख छ । यस अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइँदैन । यसैगरी मतदान हुने दिनको ४८ घण्टा अघि मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने आचारसंहितामा उल्लेख छ ।

    स्थिर समयमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका लागि सामग्री पोष्ट वा शेयर गर्न वा गराउन हुँदैन । यसैगरी मतदानको दिन राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले मतदान केन्द्रमा राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिह्न वा मत सङ्केत भएको पहिरन वा ब्याज लगाउन हुँदैन ।

    मतदान केन्द्रमा कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने एकै किसिमको साङ्केतिक पोसाक र चीजवस्तु लगाउन, बोक्न वा देखाउन नहुने आचार संहितामा उल्लेख छ । कुनै किसिमको सवारी साधन प्रयोग गरी आवत जावत गर्न वा कसैलाई लैजाने वा ल्याउने गर्न हुँदैन तर हिँडडुल गर्न नसक्ने गर्भवती महिला, सुत्केरी, साथमा आफ्नै बच्चा बोकेकी महिला, किरियापुत्री, शारीरिकरूपले अशक्त वा अपाङ्गता भएका व्यक्ति, हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिकजस्ता मतदाताको लागि आयोगले तोकको निकाय वा अधिकारीले अनुमति दिएको सवारी साधन प्रयोग गर्न बाधा पर्ने नपर्ने आचारसंहितामा उल्लेख छ ।

    त्यस्तै मतदाता तथा आयोगले अनुमति दिएका व्यक्ति वा अधिकारीबाहेक अन्य कुनै पनि व्यक्ति मतदान केन्द्रमा प्रवेश गर्न हुँदैन । निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै पनि उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन नहुने उल्लेख छ ।

    साथै उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै पनि व्यक्तिले आयोगको मर्यादामा प्रतिकूल असर पुग्ने गरी प्रचारप्रसार गर्न हुने उल्लेख छ । ऐनअनुसार उक्त प्रावधानविपरीतको कार्य गर्नेलाई आयोग, निर्वाचन अधिकृत वा अनुगमानकर्ताले रु २५ हजारसम्म जरिवाना गर्न सक्नेछ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    काशीराज पाण्डे भागवत् प्रतिष्ठानद्धारा समाजसेवी र बिद्यार्थी सम्मानित

    October 30, 2025

    हिमान्सुको जन्मदिनमा आश्रमलाई खाद्यान्न र स्वास्थ्य परिक्षण

    October 30, 2025

    पुतलीबजारको ११ करोड ५६ लाखको विकासे बजेट

    October 30, 2025

    खुमा अर्याल फाउन्डेसन सातौं साधारणसभा सम्पन्न

    October 25, 2025

    मोटरसाइकल दुर्घटनामापरी किसान प्रेमी अधिकृत लम्सालको निधन

    October 25, 2025

    पुष्प—चन्द्र ट्रष्टको साधारणसभा सम्पन्न, ५ जनालाई सम्मान

    October 25, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    काशीराज पाण्डे भागवत् प्रतिष्ठानद्धारा समाजसेवी र बिद्यार्थी सम्मानित

    October 30, 2025

    हिमान्सुको जन्मदिनमा आश्रमलाई खाद्यान्न र स्वास्थ्य परिक्षण

    October 30, 2025

    पुतलीबजारको ११ करोड ५६ लाखको विकासे बजेट

    October 30, 2025

    खुमा अर्याल फाउन्डेसन सातौं साधारणसभा सम्पन्न

    October 25, 2025

    मोटरसाइकल दुर्घटनामापरी किसान प्रेमी अधिकृत लम्सालको निधन

    October 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    काशीराज पाण्डे भागवत् प्रतिष्ठानद्धारा समाजसेवी र बिद्यार्थी सम्मानित

    October 30, 2025

    हिमान्सुको जन्मदिनमा आश्रमलाई खाद्यान्न र स्वास्थ्य परिक्षण

    October 30, 2025

    पुतलीबजारको ११ करोड ५६ लाखको विकासे बजेट

    October 30, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.