स्याङ्जा १९ साउन । आचार्य श्री बालबृष्णको महाराजको ५० औा जन्मदिन तथा जडीबुटी दिवसको अवसरमा वालिङमा रक्तदान गरिएको छ । पतञ्जली योग समितिको आयोजनामा रक्तदान गरिएको हो ।
रक्तदान जिवनदान भएकाले स्वास्थ्य अवस्था अनुसार सम समयमा रक्तदान गर्न आवश्यक रहेको बताउदै नगरप्रमुख कृष्ण खाँणले मृत्युसंग लडिरहनुभएकालाई जिवनदान दिने बताउनुभयो । कार्यक्रममा उपप्रमुख कविता तिवारी गैह्रे, पतञ्जलीका केन्द्रिय सदस्य सादवी देव कृपाले समेत आफ्ना भनाई राख्नुभएको थियो ।
कार्यक्रममा पतञ्जली परिसरमा जडीबुटी दिवसका अवसरमा विभिन्न प्रकारका जडीबुटीका विरुवा रोपिएका छन्। कार्यक्रम पतञ्जली योग समितिका जिल्ला अध्यक्ष नारायणप्रसाद तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत जिल्ला महिला प्रभारी तथा रक्तदान कार्यक्रम संयोजक कविता भुषालले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको संचालन सचिव गिरमान गुरुङले गर्नुभएको थियो ।