स्याङ्जा, १३ असार । आइपास नेपालले स्याङजा जिल्ला अस्पताल र पालिकामा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
सुरक्षित गर्भपतन सेवा तथा प्रजनन स्वास्थ्य सेवाका क्षेत्रमा कार्यरत गैरसरकारी संस्था आइपासले कोरोना नियन्त्रणका लागि प्रयोग गरिने स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।
आइपास नेपाल गण्डकी प्रदेश संयोजक थमकुमारी कुवरले स्वास्थ्य कार्यालयका प्रमुख बिष्णु सुवेदी, जिल्ला अस्पतालका डा. नारायण गोदार, पुतलीबजार नगरप्रमुख सीमा क्षेत्री, भीरकोट नगरप्रमुख छायाराम खनाल, वालिङ नगरप्रमुख दिलिपप्रताप खाँण, अर्जुनचौपारीका अध्यक्ष दिर्घनारायण अर्याललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
पिपिइ, गाउन, ग्लोब्स, मास्क, सेनिटाइजर, पल्स, अक्सिीमीटर र थर्मोमिटरगरी करिब ३ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको आइपास नेपालले जनाएको छ ।
Tuesday, September 16
Trending
- बाबुको तिथिमा कारागारलाई सहयोग
- स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
- बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
- हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा
- नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ
- स्याङ्जा अदालतले हाल अत्यावश्यक सेवा मात्र दिने
- संबिधानको रक्षा गर भन्दै युवा संघ स्याङ्जाको प्रर्दशन
- नेपालमा भएको जेन जी आन्दोलन र अहिलेको परिदृष्य