स्याङ्जा १ पुस । आँधीखोला गाउँपालिकाद्वारा पर्यावरणीय सन्तुलन कायम गर्न आँधीखोलामा एक लाख माछाका भुरा छोडिएको छ । गाउँपालिकाले स्याङ्जा स्थित कालीगण्डकी माछा प्रजनन केन्द्रबाट ३७ पोका भुरा ल्याएर आँधीखोलाको विभिन्न १० ठाउँमा छोडेको हो ।
माछाको पारिस्थितिकीय प्रणालीमा असर परेको भन्दै वातावरणीय प्रभाव सन्तुलनका लागि माछाका भुरा छाडिएको गाउँपालिकाले जनाएको छ । करेन्ट र विषादी प्रयोगको कारणले परम्परागत र स्थानीय जातका माछा लोप हुने खतरा बढेपछि स्थानीय जातका माछाका भुरा छाडिएको आँधीखोला गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले बताउनुभयो ।
नदी, ताल र खोलाको जैविक विविधता कायम गर्न, पानी शुद्ध राख्न र पानीमा अक्सिजनको मात्रा बढाउन माछाको भूमिका महत्वपूर्ण हुने उहाँले बताउनुभयो । कार्यक्रममा उपाध्यक्ष शर्मिला पौडेल, कृषि प्राविधिक विवेक आचार्य लगायतले बताउनुभयो । खोलामा हेडे जातका २५ हजार, गर्दी जातका २५ हजार, ठेड जातका २५ हजार र सहर जातका २५ हजार गरी एक लाख माछा तालमा छाडिएको छ ।
अर्को सूचना नआएसम्म खोलामा जाल हान्ने, ढडिया थाप्ने, करेण्ट लगाउने, विषादी हाल्ने जस्ता कुनै पनि तरिकाले आँधीखोलामा माछा मार्न समेत रोक लगाएकोे गाउँपालिकाले जनाएको छ ।
Friday, October 24
Trending
- बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग
- चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा
- झण्डै २ लाख नगद सहित ७ जना पक्राउ
- जजकमा आरोपित खवास पक्राउ
- स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई
- स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री
- बयँरघारीमा जारी मेलामा संचालित भलिवलको उपाधी पुतलीबजारलाई
- गह्रौंसुर मन्दिरको आयब्यय सार्वजनिक, ८ लाख ७४ हजार बचत
