स्याङजा २२ असार । आफ्नो मातहतमा रहेको अस्पताल परिसरमा बन्न लागेको भवनको समन्वय बिना नै शिलान्यास गरिएको भन्दै आँधीखोला गाँउपालिकाले आइवार साँझ जारी प्रेस बिज्ञप्ति मार्फत ध्यानाकर्षण गराएको छ ।
गाँउपालिकाका अध्यक्ष सुधिर कुमार पौडेलद्धारा जारी बिज्ञप्ती मार्फत पालिकासंग समन्वय नै नगरी अस्पताल भवन शिलान्यास गरिएको सम्बन्धमा ध्यानाकर्षण गराउनुभएको हो ।
आँधीखोला गाउपालिका ५ सेतीदोभान स्थित अस्पताल परिसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले गएको शनिवार ३ दिनअघि शिलान्यास गर्नुभएको थियो ।
जारी बिज्ञप्तीमा लेखिएको छ ‘आँधीखोला विकास तथा स्वच्छता समूहले आँधीखोला सामुदायिक अस्पताल निर्माणमा गरेको विगतको उपलब्धिलाई उच्च प्रशंसा गर्दै आएका छौं तथापि संस्थागत रूपमा सम्पूर्ण जिम्मेवारी आँधीखोला गाउँपालिकामा हस्तान्तरण गरिसकेको अवस्थामा शिलान्यास जस्तो औपचारिक कार्यक्रम गर्ने दायित्व र कर्तव्य आँधीखोला गाउँपालिकाको हुने कानुनी प्रावधान विपरीत संविधानप्रदत्त अधिकारलाई कुण्ठित गर्ने दुराशा पूर्ण मनसायबाट प्रेरित रहि आँधीखोला गाउँपालिकाको वडा नं ५ मा अवस्थित १५ शैयाको प्राथमिक अस्पताल निर्माणको क्रममा रहेको भवनको शिलान्यास गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलबाट गराइएको प्रति नेपालको संविधान प्रद्धत अधिकार बमोजिम एक शासकीय तहको प्रमुखको हैसियतमा गम्भीर ध्यानाकर्षण भएको छ ।’
यसैगरी, ‘मुख्यमन्त्री जस्तो ओज पूर्ण संस्थाको प्रमुखलाई आँधीखोला गाउँपालिकामा हार्दिक स्वागत गर्न पाउनु हाम्रो पनि कर्तव्य ठानेका थियौ । संघीय लोकतान्त्रिक गणतन्त्रबाट राज्यशक्तिको प्रयोग गर्ने एक सरकारको रूपमा रहेको स्थानीय तह र सो संस्थाका जिम्मेवार पदाधिकारीलाई समेत कुनै जानकारी बिना नै केही व्यक्तिहरूको उक्साहटमा लागी संघीय सरकारको लगानी र स्थानीय सरकारको प्रत्यक्ष रेखदेख र नियन्त्रणमा रही निर्माणको भइरहेको संस्थामा स्वामित्व हस्तान्तरण गरिसकेको आँधीखोला विकास तथा स्वच्छता समूहले शिलान्यास जस्तो गरिमामय कार्यक्रम आयोजना गरिनु र सो कार्यक्रममा प्रदेश सरकारको प्रमुखको प्रमुख आतिथ्यता ग्रहणका लागी उपस्थित गराइनु सम्मानित पदको गरिमालाई बिबादित बनाउने प्रयास हो’ भनि बिज्ञप्तिमा उल्लेख छ ।
स्थानीय सरकार तथा सरोकारवालासँगको समन्वय र सहकार्य बिना नै मुख्यमन्त्रीले सहभागीता जनाउनुले संघीय लोकतान्त्रिक प्रणालीप्रतिको व्यवस्थाको ठाडो उल्लघंन र स्थानीय पालिकाप्रतिको हस्तक्षेप भएको जारी बिज्ञप्तिमा उल्लेख छ ।
Tuesday, October 14
Trending
- फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
- स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
- जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
- अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
- डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
- एक हजार २८ प्याकेट पटका बरामद
- भीरकोटमा चौथो बयँरघारी रमाइलो मेला सुरु
- एकैदिन बिभिन्न ९ मुद्धाका फरार ८ कसुरदार पक्राउ