स्याङ्जा २७ फागुन । वालिङमा स्थित आँधिखोला सञ्चार सहकारी संस्थाको छैटौं अधिवेशनले शान्ता थापाको अध्यक्षतामा सञ्चालक समिति चयन गरेकोे छ ।
समितिको उपाध्यक्षमा ताराप्रसाद श्रेष्ठ, सचिवमा हिमलाल पराजुली र कोषाध्यक्षमा विमल अर्याल रहनुभएको छ ।
सदस्यहरुमा अमृतप्रसाद खनाल, लोकनाथ अर्याल, श्रीकृष्ण सिग्देल, ध्रुव पङ्गेनी, हिमबहादुर विक, टङ्कप्रसाद तिवारी, चक्रबन्धु रेग्मी, ओमप्रसाद शर्मा र गोपाल जिटी सर्वसम्मत चयन हुनुभएको हो ।
लेखा सुपरिवेक्षण समितिको संयोजकमा तोयनारायण रेग्मी र सदस्यमा छायाँदेवी अधिकारी र खुमा कोइराला अर्याल चयन निर्वाचन संयोजक धु्रव शर्मा पङ्गेनीले जानकारी दिनुभयो ।
विस २०६३ सालमा स्थापित सहकारी संस्थाले २०६४ को मंसिर ६ गते सामुदायिक रेडियो आँधिखोला १०५.४ मेगाहर्जको परिक्षण प्रसारण गरेको थियो । ४ सय ६४ जना शेयर सदस्य रहेको सहकारीले १८ औं साधारण सभा तथा छैटौं अधिवेशन मार्फत आगामी ४ वर्षे कार्यकालका लागि सञ्चालक समिति चयन गरेको हो ।
स्याङ्जामै पहिलो संचार संस्थाको रुपमा स्थापित आँधिखोला सञ्चार सहकारी संस्थाद्धारा संचालित रेडियो दैनिक १८ घण्टा प्रसारण हुँदै आएको छ । रेडियो फ्रिक्वेन्सी १०५.४ मेगाहज सहित अनलाईन मार्फत संसारभर प्रत्यक्ष सुन्न सकिन्छ ।