स्याङ्जा २५ साउन । वालिङ नगरपालिकाका विभिन्न विद्यालयहरुमा समेत आँखा पाक्ने रोग देखिएको भन्दै वालिङका विद्यालयहरु ४ दिनसम्म बन्द गरिएको छ ।
आँखा पाक्ने रोग संक्रामक भएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने हुँदा ४ दिनसम्म विद्यालय बन्द गरिएको नगरपालिकाले जनाएको छ । वालिङ नगरपालिकाले एक सूचना प्रकाशित गरी यहाँका सामुदायिक तथा संस्थागत विद्यालयहरु ४ दिनसम बन्द रहने जनाएको हो ।
यो रोग संक्रमक रहेकाले धेरै मानिसहरुको भिडभाडमा सजिलै सर्न सक्ने र धेरै संख्यामा यसको संक्रमण हुने भएकाले ४ दिन वालिङका विद्यालय बन्द गरिएको नगरप्रमुख कृष्ण खांणले जानकारी दिनुभयो । यो विदा अन्य विदाबाट कट्टी गरिने भएकाले विद्यार्थीको कोर्षमा कुनै असर नर्गर्ने प्रमुख खांणको भनाई छ ।
४ दिनको विदा विद्यालयहरुले आफ्नो वर्षे, हिउँदे, स्थानीय विदाबाट कट्टी गर्नुपर्नेछ । साउन २९ गते सोमबार सम्म विद्यालय बन्द रहने भएकाले अभिभावकहरुलाई सुरक्षित रहन आग्रह गरेको हो ।
नगरपालिका प्रमुख प्रशासकिय अधिकृत तेजराज शर्माद्धारा जारी सूचनामा यस विदाको अवधिमा विद्यार्थीलाई सुरक्षित रुपमा घरमै रहन अनुरोध गरिएको छ । आँखा रातो हुने, चिलाउने, आँखाबाट आसु बगिरने कचेरा तथा चिप्रा लाग्ने, आँखाको ढकनी रातो हुने सुनिने, आँखा विझाउने, दुख्ने, घाममा वा उज्यालोमा हेर्न गाह्रो हुने जस्ता लक्षण देखिएमा तुरुन्त स्वासथ्य संस्थामा जाँच गराई स्वास्थ्यकर्मीको सल्लाह अनुसार औषधी प्रयोग गर्न स्वास्थ्य कर्मीले आग्रह गरेका छन् ।
एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्ने भएकाले संक्रमित व्यक्तिको नजिक नजाने, संक्रमित भिडभाडमा नजाने, संक्रमित व्यक्तिले प्रइोग गरेका सामानहरु जस्तै रुमाल, सिरानी तन्न प्रयोग नगर्ने, तथा जथाभावी आँखा नछुने, आँसु पुछ्नु परेमा छुनु अगाडि र छोईसकेपछि राम्रोसंग साबुन पानीले हात धुने, व्यक्तिगत सरसफाईमा ध्यान दिने जस्ता उपाय अपनाएमा यो रोग अर्थात आँखा पाक्ने रोगबाट बच्न सकिन्छ ।