स्याङ्जा २९ असार । अर्जुनचौपारीमा गाउँपालिका १ स्थित सहेले फाँटमा निर्मित हेलिप्याड पालिकालाई हस्तान्तरण गरिएको छ ।
गाउँपालिकाको आर्थिक तथा आँधीखोला ब्यारेक स्थित समरजीत गुल्मको प्राबिधिक तथा श्रमदानमा निर्मित सो हेलिप्याड गुल्मपति हरिप्रसाद भट्टराईले गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीलाई शुक्रवार पालिकामा आयोजित कार्यक्रम मार्फत हस्तान्तरण गर्नुभएको हो ।
बहुउपयोगी सेवाप्राप्तिका लागि निर्माण गरिएको हेलिप्याडले विपद र आपत्तीका बेला झनै सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी शशीघर घिमिरेले बताउनुभयो । प्रजिअका अनुसार, जोखिमका बेला उद्धारमा सहयोग पु¥याउने मुख्य उदेश्य लिएर गरिएका सहकार्यले पालिकाबासी र सुरक्षाकर्मीबीचको सम्बन्ध बढाएको छ ।
जेठ १ गतेदेखि दैनिक २० जनाले सुरु गरिएको निर्माण कार्यले १५ दिनमा सम्पन्न भएको हो । एमआई सिक्सटिन हेलीप्याड निर्माण गरिएको हो। हेलीप्याड निर्माणसंगै पुतलीबजार नगरपालिका, अर्जुनचौपारी गाउँपालिका सहित पर्वका केही वडाले समेत उपयोग गर्न पाउने पालिकाका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो ।
जनश्रमदान सहित ७ लाख ३३ हजार ४५९ रुपैंयाकोे लागतमा निर्माण सम्पन्न भएको वडाअध्यक्ष रणबहादुर थापाले जानकारी दिनुभयो । पक्की ढलान सहित रंगरोगन गरिएको हेलिप्याड ६० वाई ६० फीट छ। यो जिल्लाकै ठूलो हेलिप्याड हो ।
करिब ६०÷६० फिट लम्बाई र चौडाइको तथा डेढ फुट ढलान हेलीप्याड कास्की बाहेकको बाहिरी जिल्लामा रहेका मध्ये सबै भन्दा ठुलो दावी गरिएको छ ।
आर्मीको हेलिकोप्टर अवतरण गरेर अबका केही दिनमै परिक्षण गर्ने समरजीत गुल्मका गुल्मपति हरिप्रसाद भट्टराईले जानकारी दिनुभयो । शान्ति सुरक्षासंगै सेना सामाजिक कार्यमा पनि क्रियाशिल रहेको उहाले जनाउनुभयो ।
कार्यक्रममा उपाध्यक्ष सपना गुरुङ, प्रमुख प्रशासकिय अधिकृत उज्ज्वल बस्नेत लगायतले समरजीत गुल्म र सेनाका कार्यको प्रशंसा गर्दे आगामी दिनमा समेत हातेमालो गर्दे विकास निर्माण जुट्नेमा जोड दिनुभयो ।