स्याङ्जा ३० कात्तिक । चुनावको मिति नजिकिदै गर्दा स्याङ्जाको अर्जुनचौपारी गाँउपालिकाका १ सय १७ जना नेपाली काँग्रेसमा प्रवेश गरेकाछन्।
नेकपा एमालेको आधार क्षेत्र रहेको अर्जुनचौपारी गाउँपालिकाको वडा नं १ थापा थरको एक गाँउ नै काँग्रेसमा प्रवेश गरेको छ। यसैगरी, वडा नं. २ केकरे, ३ का छाप, ६ का बजारमारा सहितगरी ११७ जना कांग्रेसमा प्रवेश गरेका हुन। वडा नं. १ को थापा गाउँका एक सिंगो बस्तीका ५६ जना एकैसाथ प्रवेश गरेका छन्।
एमाले निकट महिला संगठन जिल्ला सदस्य मैना थापाको नेतृत्वमा उनीहरु लोकतान्त्रिक बामगठबन्धनद्धारा बुधवार आयोजित चुनाबी सभामा काँग्रेसमा प्रवेश गरेका हुन्। अघिल्लो पटक जिताएर पठाएका साँसदले आफूहरुप्रति विकासमा समेत अर्घेलो ब्यवहार गरेको भन्दै काग्रेस प्रवेश गरेको जनाएका छन्।
नवप्रवेशीलाई नेपाली काग्रेसका जिल्ला सभापति एवं प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार राजु थापाले पार्टी सदस्यता प्रदान सहित दोसल्ला र मालाले स्वागत गर्नुभयो । कार्यक्रममा बोल्दै उम्मेदवार थापाले आफुले कुरा गरेर होइन, आवश्यकता अनुरुपका विकास, रोजगार र उत्पादनमा बिशेष जोड दिने बताउदै सो अवसरका लागि लोकतान्त्रिक बामगगठबन्धनका उम्मेदवारलाई मतदान गरेर विजयी गराउन आग्रह गर्नुभयो ।