Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 7
    Trending
    • लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
    • मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
    • कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
    • वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
    • लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया
    • फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम
    • अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम
    • जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » अर्जुनचौपारीको एघारौं सभा सम्पन्न, झण्डैं ४४ करोड १९ लाखको बजेट पारित
    अर्जुनचौपारी गाउँपालिका

    अर्जुनचौपारीको एघारौं सभा सम्पन्न, झण्डैं ४४ करोड १९ लाखको बजेट पारित

    Syangja SandeshBy Syangja SandeshJune 23, 2022Updated:June 23, 2022No Comments4 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ९ असार । अर्जुन चौपारी गाउँपालिकाको ११ औ गाउँ सभाले सडकलाई पहिलो प्राथमिकतामा राखेको छ । गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमम सदरमुकामबाट सबैभन्दा नजिकको पालिका सदरमुकाममा एक मिटर पनि कालोपत्रे नभएको र कर्णालीको रुपमा रहेको तिवारीले बताउनु भएको छ ।

    अर्जुनचौपारी नुवारभञ्ज्याङ स्याङ्जा जोड्ने सडक अर्जुनचौपारी, आँधीखोला र पुतलीबजारका करिब ४० हजार जनताले उपयोग गर्ने भएतापनि यो सडकको अवस्था अत्यन्तै नाजुक रहेको छ । उक्त सडक गाउँपालिकाबासीलाई जिल्ला सदरमुकाम र प्रदेश राजधानी पुग्नलाई धेरै सजिलो, समयको साथ साथै लागतको बचत हुने भएकाले पालिकाले कृष्ण चन्द्र मार्ग घोषणा गर्दै रणनैतिक महत्वको रुपमा राखेको छ । नीति तथा कार्यक्रममा विकास निर्माण कार्यहरु गर्दा बिगतमा परिमाणमा मात्रै ध्यान दिईएको र गुणस्तरमा सम्झौता भएको बताउदै तिवारीले अब उप्रान्त गुणस्तरमा कुनै सम्झौता नगरिने बताउनु भएको छ । कालोपत्रे गर्न ढिलाई भएको हेलु–अर्जुनचौपारी सडकलाई सम्वन्धित निकायसँग सहकार्य गरी कालोपत्रे कार्य शीघ्र सम्पन्न गर्ने छ । पालिकाको सदरमुकामबाट सबै वडा र बस्तीहरुमा सडक सञ्जालको पहुँच पु¥याउने लक्ष्य अनुरुप सडकलाई महत्व दिइएको हो ।

    अर्जुनचौपारी बजारको फोहरमैला व्यवस्थापनका लागि घट्टेमा फोहरमैला प्रशोधन केन्द्र जीर्ण अवस्थामा रहेको र फोहरमैलाको उचित व्यवस्थापनको काम अगाडि बढ्न सकेको नसकेको बताउदै समुदायसँगको सहकार्यमा श्रोतमा नै फोहरको बर्गीकरण गर्ने र फोहरमैलाको उचित व्यवस्थापन गरिने नीति तथा कार्यक्रममा समेटिएको छ । पालिकाले सदरमुकामदेखि सबै वडालाई छुने गरी नुवारभञ्ज्याङ्–दरौं–आरुचौर–एकानन्दगुफा–आग्रिखर्क–टाउँघडेरी–लामडाँडा–माझपाटा–नव्वे जोड्ने अर्जुनचौपारी चक्रपथलाई सम्भाव्यता अध्ययन गरी अगाडि बढाउने लक्ष्य लिएको छ ।

    पालिकाले अति विपन्न परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा, महिलाहरुको नेतृत्व र निर्णायक भूमिका स्थापित गर्न सामुदायिक विकासका कार्यहरुमा समान सहभागिता, सबै जातजातिको प्रतिनिधित्व हुने गरी सबै टोलमाआमा समूहको गठन र परिचालन, दलित उत्थान केन्द्र र रोजगार समन्वय ईकाइ स्थापना, अति विपन्न परिवारको आर्थिक सुधारको लागि बीउ पूँजीको रुपमा प्रत्येक व्यक्तिहरुलाई दुई हजार तीन सय प्रदान नीति लिएको छ ।श्रम बजारमा प्रवेश गर्ने युवा, बैदेशिक रोजगारीबाट फर्किएका तथा स्वदेशमा रोजगार गुमाएका र स्थानीय तहको रोजगार समन्वय ईकाइमा सूचीकृत भएका बेरोजगारहरुलाई क्षमता अभिबृद्धि गर्न हस्तकाला, प्लम्बिङ, बिजुली मर्मत, सिकर्मी, डकर्मी, ड्राइभिङ जस्ता सीप बिकास तालिमलाई प्राथमिकता लिएको छ । माध्यमिक तहको शिक्षालाई गुणस्तरीय जीवनोपयोगी र प्रविधिमैत्री बनाइने, सामुदायिक विद्यालयको गुणस्तर सुधारमा विशेष ध्यान, माध्यामिक तहमा वित्तीय साक्षरता शिक्षा संचालन गर्ने पालिकाले लक्ष्य लिएको छ ।

    “अशक्तलाईघरमा–अन्यलाई टोलमा” स्वास्थ्य सेवा साथै आवश्यक औषाधीहरु वितरण गरी सामुदायिक स्वास्थ्य सेवा घरघरमा पुर्याइने, गर्भवती महिला, शिशु, बालबालिका, अस्वस्थ व्यक्ति, आदिको हेरचाह र उपचारमा विशेष कार्यक्रम पालिको प्राथमिकतामा राखेको छ । खानेपानीका मूलहरुको संरक्षण गर्ने र स्वच्छ खानेपानी वितरण गर्ने नीति अवलम्बन पालिकाले गरेको छ भने भरणपोखरीहरु निर्माण र वृक्षारोपण, पालिकाले पानीका श्रोत नभएका ठाउँमा लिफ्टीङ्ग प्रविधिको प्रयोग गरी खानेपानी उपलव्ध, टुक्रे खानेपानी योजनाहरुलाई एकीकृत गरी मूल दर्ता कार्यक्रम नीति तथा कार्यक्रममा रहेको छ ।

    निर्वाहमुखी तथा छरिएर रहेको कृषि उत्पादन प्रणालीलाई आधुनिक, सघन, प्रतिस्पर्धी एवं व्यवसायमुखी बनाउदै “एक घर–एक फूल–दुई फलफूल”, कृषि कार्डको व्यवस्था गरी कृषकहरुको बर्गीकरण, अर्गानिक गाउँको संभाव्यता अध्ययन, दरौंखोला, केवरेखोला र दिर्जेखोलामा माछा पकेट क्षेत्रको विकासको लक्ष्य पालिकाले लिएको छ । स्थानीय स्तरमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, पूर्वसूचना प्रणाली, खोज तथा उद्धार,राहत सामग्रीको पूर्वभण्डारण, स्थानीय तटवन्ध, नदी र पहिरोको नियन्त्रण, विपद जोखिम क्षेत्रको नक्सांकन तथा वस्तीहरुको पहिचान र स्थानान्तरण गर्ने एवं विपद् व्यवस्थापनका लागि वडा–वडामा विपद् व्यवस्थापन समितिलाई परिचालन गर्ने नीति पालिकाले लिएको छ ।

    भ्रष्टाचारमा शून्य सहनशीलता, प्रशासनिक संरचना र कार्यहरुलाई मितव्ययी बनाउन अनुत्पादक खर्चहरु कटैती, जनप्रतिनिधि र कर्मचारीको अन्तर सम्वन्ध सुदृढ गर्न कार्यक्षमता बृद्धि गर्न, जवाफदेही बनाउने कार्यलाई प्राथमिकतामा पालिकाले राखेको छ । पालिकाले कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई एकद्वार प्रणाली मार्फत सम्पूर्ण कामकाज, सहायता कक्ष, सार्वजनिक खरिदलाई अनुमानयोग्य, पारदर्शी र वैज्ञानिक, जनतालाई छिटो छरितो र प्रविधिको प्रयोगबाट भौगोलिक रूपले टाढा रहेका अर्जुनचौपारीबासीलाई सेवा प्रदान, वडा नम्बर १ मा सेवाहरुलाई डिजिटलाईजेसन गर्ने कार्यलाई यस बर्ष परीक्षणको रूपमा अगाडी बढाउने भएको हो ।

    अर्जुनचौपारी बजार क्षेत्रभित्र सीसीटीभी क्यामेरा, सडक बत्ती जडान गरी सुरक्षा व्यवस्थालाई चुस्त बनाउने, गाउँसभा हलको शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग, बजार क्षेत्रमा थप सार्वजनिक शौचालयको निर्माण गर्ने कार्यक्रमलाई पालिकाले अगाडी बढाएको छ । पालिकाले सबै प्रतिनिधिहरुले सेवा सुविधा बापत पाउने रकमको न्यूनतम १० प्रतिशत रकम सामाजिक उत्तरदायित्व कोषमा जम्मा र अन्य व्यक्ति तथा संघ संस्थाहरुलाई पनि योगदानका लागि अपिल र लोककल्याणकारी कार्यहरुमा प्रयोग गर्ने लक्ष्य पालिकाको रहेको छ ।

    जलबराह, पञ्चकन्या मन्दिर–केटिचौरलाई पालिकाको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास, डहरे, थाप्ले, एकानन्द गुफा, शिला, रापाकोटकालिका, तामुलेक, रामसिता तालमा ग्रामिण पर्यटन पूर्वाधार निर्माण कार्यलाई अगाडि बढाउने र पदमार्गले जोड्ने महत्वकांक्षी योजनालाई पालिकाले अगाडी बढाएको छ ।

    यसैगरी, आर्थिक बर्ष २०७९÷०८० को लागि ४४ करोड १८ लाख १९ हजार बराबरको बजेट प्रस्ताब गरेको छ । पालिकाको ११ गाउँसभामा उपाध्यक्ष सपना गुरुङ्ले बिनियोजन बजेट मध्ये १४ करोड ३३ लाख ८९ हजार रुपियाँ पुजिगत तर्फ प्रस्ताब गर्नु भएको छ भने सात करोड ३९ लाख ३० हजार रुपियाँ चालु खर्च तर्फ प्रस्ताब गर्नु भएको छ । बजेटमा सशर्त अनुदान तर्फ १८ करोड ४५ रकम चालु तथा पुजिगत बजेट बिनियोजन भएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025

    फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम

    December 5, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.