स्याङ्जा २१ पुस । अर्जुनचौपारी गाउँपालिकाका ३० दलित घरपरिवारलाई न्यानो कपडा (बिस्तारा) प्रदान गरिएको छ।
अर्जुनचौपारी गाउँपालिका र स्याङ्जा सहयोग समाजका पूर्वअध्यक्ष टुकराज अर्यालको पहल, दोहाकतारको सहयोग तथा दलित उत्थान केन्द्र अर्जुनचौपारीको समन्वयमा ती न्यानो कपडा प्रदान गरिएको हो।
प्रत्येक वडाका अतिविपन्न ५÷५ परिवारलाई समेटेर ६ वटा वडामा बिस्तारा सहितको सेट वितरण गरिएको हो। विस्तरा सेटमा ओढ्ने ब्लाङ्केट, सिरानी, डसना, तन्ना सहितको एक÷एक सेट न्याना कपडा दिइएको छ। प्रति परिवार ४ हजारका दरले करिब १ लाख २० हजार मूल्य बराबरका ती न्यानो कपडा बितरण गरिएको हो।
बढ्दो जाडोलाई लक्षित गर्दै स्वास्थ्यप्रति ध्यान दिदै विपन्न परिवारलाई न्यानो कपडा बितरण गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो । उहाले भन्नुभयो, ‘कठङ्गग्रीने जाडोमा यी सामाग्री धेरै सहयोगी बन्नेछन्।’
गाउँपालिकाका उपाध्यक्ष सपना गुरुङु, प्रमुख प्रशासकीय अधिकृत उज्ज्वल बहादुर बस्नेत, स्याङ्जा सहयोग समाज अर्जुनचौपारी दोहाकतारका कोषाध्यक्ष रेशम नेपाली, वडाअध्यक्ष रणबहादुर थापा, धनबहादुर गुरुङ , शोभकान्ताकाफ्ले, भुवनसिङ गुरुङ, बद्री पौडेल, नारायण ढकाल, समाजसेवी दिपक विश्वकर्मा लगायतले सहयोगीदातालाई धन्यवाद ब्यक्त गर्नुभयो ।