स्याङ्जा २१ असार । पुतलीबजार नगरपालिका १ स्थित अरौंदी खोला तर्नेक्रममा बगाएर ७४ बर्षका तिलबहादुर भुजेलको ज्यान गएको छ ।
पुतलीबजार १ वीरेन्द्रनगरमा बस्दै आएका उनी शुक्रवार बिहान ८ बजे खोला तर्दै गर्दा बगेको र उनकै छोरा होमबहादुर भुजेलले उद्धारगरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
शव जिल्ला अस्पतालमा पोष्टमार्टका लागि राखिएको र थप अनुसन्धान भैरहेको प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।