स्याङ्जा १३ फागुन । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले अमेरिकी सहयोग एमसीसी राष्ट्रको हितमा नभएको दावी गर्नुभयो ।
शुक्रवार स्याङ्जामा आयोजित गण्डकी प्रदेश स्तरीय बिषयगत कार्यालय प्रमुखहरुलाई निर्देशन दिने क्रममा बोल्दै मन्त्री बरालले एमसीसी परियोजना चीन लक्षित कार्यक्रम रहेको दावी गर्नुभयोे। पछिल्ला गतिबिधिले चीन लक्षित रहेको छर्लङंग भयो कि भएन भन्दै उहाले प्रश्न समेत गर्नुभयो ।
‘लामो संघर्ष र बलिदानीबाट प्राप्त राजनैतिक उपलब्धीमा कसैको भूमिका धेरै होलान, कसैका थोरै,’ उहाले भन्नुभयोे, ‘राजनैतिक उपलब्धीको माया र रक्षा गर्नेहरु भने कम देखिए।’ मन्त्री बरालले कार्यालय प्रमु्खलाई निर्देशन दिदै उपलब्ध बजेट कार्यान्वयन गर्ने जिम्मेवारीलाई पुरा गर्न सुझाव दिनुभयो । अनुदानमा आधारित भएर नपुग्ने बताउदै आन्तरिक पुँजी बृद्धिमा समेत ध्यान दिन उहाको आग्रह छ।
सस्तो लोकप्रियतामा रमाउने पद्धतीलाई परिमार्जन गर्दै लक्षित बर्गमा बजेट उपलब्ध गराउनेगरी नितिगत ब्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । सम्बन्धित कार्यालयहरुले पुँजीगत खर्चको ८० प्रतिशत खर्च गर्न सुझाउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, जिल्ला समन्वय अधिकारी ऋषिराज आचार्य लगायत जिल्ला स्थित प्रदेश सरकार अन्र्तगतका १२ वटा सरकारी कार्यालयका प्रमुखहरुले प्रादेशिक बजेट, कार्यान्वयनका अवस्था, नितीगत समस्या, प्रगती, अन्य समस्याका बारेमा आ आफना धारणाा सहित सुझाव दिनुभएको थियो ।
कार्यक्रममा अर्थ सचिव बैकुण्ठप्रसाद अर्यालले स्याङ्जामा संचालित विकास निर्माण र प्रगती बिवरणका बारेमा जानकारी गराउनु भएको थियो भने राजश्व अधिकृत कल्पना सापकोटाले सहजीकरण गर्नुभएको थियो ।