Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » अभिभावक खोज्दै, जिल्ला अस्पतालमा हुर्कदै शिशु
    चापाकोट नगरपालिका

    अभिभावक खोज्दै, जिल्ला अस्पतालमा हुर्कदै शिशु

    खोलाछेउ भेटिएका नवजात शिशु जिल्ला अस्पताल स्याङ्जामा छन्। वैकल्पिक अभिभावकको खोजीमा उनलाई अस्पतालमा राखिएको हो।
    Syangja SandeshBy Syangja SandeshMay 8, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २६ बैशाख । खोलाछेउ भेटिएका नवजात शिशु जिल्ला अस्पताल स्याङ्जामा छन्। वैकल्पिक अभिभावकको खोजीमा उनलाई अस्पतालमा राखिएको हो।

    अस्पतालका कर्मचारीले नै अहिले उनको खानपान, रेखदेख र स्वास्थ्योपचार गरिरहेका छन्। सालनालसहित बेवारिसे अवस्थामा भेटिएकी नवजात शिशु करिब ५० दिनका हुनुभयो ।

    चापाकोट नगरपालिका– २ पाकरी खोलानजिक चैत ७ गते वेवारिसे अवस्थामा नवजात शिशुुु भेटिनु भएको थियो । उहाको अनुहार र शरीरका केही भागमा चोटसहित कमिलाले घेरिएको, टोकेको अवस्थामा भेटिनु भएको थियो ।
    स्थानीय एक व्यक्तिले देखेपछि प्रहरीलाई खबर भए पश्चात नगरपालिकाको पहलमा उनलाई पोखरास्थित एक अस्पतालमा उपचारपछि स्वास्थ्यमा सुधार आएर पुनः गृह जिल्लाको स्याङ्जा अस्पतालमा ल्याइएको हो।

    नवजात ती शिशु दिन गनेर हुर्किनस भएको छ । हाल उहाको अवस्था स्वस्थ्य रहेको अस्पतालले जनाएको छ। विशेषगरी, नर्स तथा महिला कर्मचारीले उहाको खाना ल्याक्टोजीन खुवाउने, कपडा लगाइदिने लगायतका अन्य आवश्यक स्याहार सुसार गर्दै आउनुभएको छ। रातमा पनि डिउटीमा खटिने कर्मचारीले शिशुको आवश्यक रेखदेख गर्दै आएको अस्पताल प्रमुख रुक्बिना अधिकारीले जानकारी दिनुभयो ।

    डिउटीबाहेकको समयमा काख काखमा राखेर खेलाउने तथा भुलाउने गरेका छन्। नावालिकालाई काखमा च्यापेर खेलाउँदै गरेकी सिनीयर अनमि अप्सरा भण्डारीले भन्नुभयो , ‘यहाँ त हाम्रै परिवारका एक सदस्य बनिसक्नु भएको छ । निकै माया लाग्छ। यहाँका सबैले माया र रेखदेख गर्नुहुन्छ।’

    त्यसो त, चापाकोट नगरपालिकाले शिशुको आमा, बुवा तथा आफन्तलाई नाबालिकाको हकदावी गर्नका लागि आब्हान गर्दा समेत नआएपछि बैकल्पिक हेरचाहका लागि सूचिकृत हुन आब्हान गरेको छ। बिभिन्न ९ बुँदामा समेटिएका प्रमाण सहितका कागजात र निवेदनसहित व्यक्ति, संस्था वा बालगृहले समेत सूचना जारी गरेको ७ दिनभित्र दिन सकिने प्रावधान राखिएको नगरप्रमुख देवबहादुर खाँण ईश्वरले बताउनुभयो ।

    नेपाली नागरिक भएको, शैक्षिक एवं आर्थिक हैसियत खुलेको, फौजदारी अभियोग नलागेको, दम्पतीका हकमा नेपाल मेडिकल बोर्ड, वीर अस्पतालबाट सन्तान प्राप्त हुन नसक्ने भन्ने ब्यहोराको प्रमाण लगायतका अन्य कागजातसमेत पेश गर्नुपर्ने उल्लेख छ। पालिकाले चैत २७ गते जारी गरेको सूचना बमोजिम अहिलेसम्म एक जनाको मात्र निवेदन परेको उपप्रमुख एवं स्थानीय बाल अधिकार समिति संयोजक इशा रानाले जानकारी दिनुभयो ।

    निवेदन सम्बन्धमा आवश्यक जानकारी लिइरहेको र अबका केही दिनमै बैठक बसेर टुंग्याइने प्रक्रियामा अघि बढेको उपप्रमुख एवं संयोजक रानाको भनाइ छ। उहाले भन्नसभयो, , ‘शिशुका ५०औं दिन निकै उतारचढावका बीच गुज्रेका छन्। शिशु चापाकोटकी छोरी ।’

    नगरपालिकाभित्र भेटिएका शिशुका अभिभावक पहिचान हुन नसकेपछि चापाकोटले नै बैकल्पिक हेरचाहको अनुगमन र आवश्यक परे उपस्थित गराउने गरी हेरचाहको जिम्मेवारी दिन लागेको जनाएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.