काठमाण्ठौं २७ असोज । युरोपियन सङ्घले अफगानिस्तानलाई एक बिलियन यूरो अर्थात् झन्डै साढे ८ हजार करोड भारतीय रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।
युरोपियन सङ्घका प्रमुख उर्सुला वन्डर लेनले यो आर्थिक सहयोग तालिबानलाई नभइ अफगानिस्तानका सर्वसाधारणलाई दिइने बताउनुभयो । उहाँले त्यहाँ काम गरिरहेका अन्तर्राष्ट्रिय सहयोग एजेन्सीहरूमार्फत् सर्वसाधारणलाई दिने जानकारी दिनुभयो ।
यस आर्थिक सहयोगले अफगानिस्तानको मानवीय र सामाजिक आर्थिक संरचनालाई परिवर्तन गर्नमा ठूलो भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ ।