Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, August 26
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » अपांगता भएका ब्यक्तिका अभिभावककालागि स्याहार तालिम
    पुतलीबजार नगरपालिका

    अपांगता भएका ब्यक्तिका अभिभावककालागि स्याहार तालिम

    Syangja SandeshBy Syangja SandeshApril 20, 2024Updated:April 20, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ८ बैशाख । सुस्त मनस्थिति बौद्धिक अपांगता अभिभावक संघ स्याङ्जाको आयोजना तथा सामाजिक विकास कार्यालय स्याङ्जाको सहयोगमा बौद्धिक अपांगता भएका ब्यक्तिहरुका अभिभावकहरुका लागि २ दिने स्याहार तालिम दिइएको छ ।

    तालिमको समापन गर्दै पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले अपांगताका लागि बनेका कानूनको कार्यान्वयनका लागि संघिय र प्रादेशिक सरकारले आवश्यकता अनुरुप बजेट बिनियोजनमा ध्यान दिनुपर्ने बताउनुभयो ।

    सिमित स्रोत र साधनका बाबजूद पनि पुतलीबजार नगरपालिकाले अपांगता स्याहार गर्ने ब्यक्तिलाई मासिक एक हजार रुपैंया र ग बर्षका अपांगता भएका ब्यक्तिको निशुल्क स्वास्थ्य विमा सेवा उपलब्ध गराएको उहाले जानकारी गराउनुभयो ।

    प्रमुख रेग्मीका अनुसार, ‘संघिय सरकारले क र ख बर्गका अपांगता भएका ब्यक्तिका लागि मात्र निशुल्क स्वास्थ्य विमा गर्ने ब्यवस्था गरेकोमा पुतलीबजार नगरपालिकाले भने ग बर्गका अपांगता भएका ब्यक्तिको पनि निशुल्क स्वास्थ्य बिमाको सुबिधा उपलब्ध गराएका छौं ।’

    आउने बर्षका लागि बजेट तयारी अवस्थामा रहेका जानकारी गराउदै नगर प्रमुख रेग्मीले अपांगता भएका ब्यक्तिका लागि आवश्यक तालिम तथा प्रशिक्षणका लागि सम्बन्धित ब्यक्तिसंग छलफल गरेर रकम बिनियोजन गर्ने बताउनुभयो ।

    कार्यक्रममा राष्ट्रिय अपांग महासंघका केन्द्रिय सदस्य रामनारायण श्रेष्ठ, गण्डकी प्रदेश अपांगता निर्देशन समिति बिज्ञ सदस्य युवराज पराजुली, प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मी, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, सहभागी शालिकराम शर्मा, स्याङ्जा अपांग समाजका वरिष्ठ उपाधयक्ष नारायण भण्डारी लगायतले अपांगता मैत्री भोैतिक पूर्वाधार सहितका बजेट बिनियोजन गर्नुपर्नेमा जोड दिनुभयो ।

    सुस्त मनस्थिति बौद्धिक अपांगता अभिभावक संघ कुलप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कोषाध्यक्ष राम शर्मा पोखरेलले गर्नुभएको थियो ।

    दुई दिने तालिममा राष्ट्रिय अपांग महासंघका केन्द्रिय सदस्य रामनारायण श्रेष्ठ, गण्डकी प्रदेश अपांगता निर्देशन समिति बिज्ञ सदस्य युवराज पराजुलीले दुई दिने प्रशिक्षण दिनुभएको थियो ।

    दुई दिने तालिममा पुतलीबजार, गल्याङ् नगरपालिका सहित आँधीखोला, फेदिखोला, अर्जुनचौपारी गाउपालिकामा रहेका अपांगता भएका ब्यक्तिहरुका अभिभावक सहभागी थिए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.