स्याङ्जा २१ पुस । नेकपा एमालेको भातृ संस्था अखिल नेपाल महिला संघ स्याङ्जाले महिलाहरुका लागि २ दिने आवासिय सहितको प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा नेकपा एमाले केन्द्रिय सचिव एवं पूर्व मन्त्री पदमा अर्याल, केन्द्रिय सदस्य नरदेवी पुन, केन्द्रिय सदस्य एवं गण्डकी प्रदेश पूर्व अर्थमन्त्री सीता सुन्दास, केन्द्रिय सदस्य एवं निवर्तमान नगर प्रमुख सीमा क्षेत्री, गण्डकी प्रदेश पूर्व उपाध्यक्ष मोहनप्रसाद रेग्मी, नेकपा एमाले जिल्ला अध्यक्ष पारश गैह्रृ, गण्डकी प्रदेश सदस्य देवी थापा, अनेमसंघ गण्डकी प्रदेश अध्यक्ष हिरा गिरी, स्याङ्जा जिल्ला उपसचिव तारा शर्मा लगायतले पार्टी संगठन सुदृढीकरण र राष्ट्रिय एवं समसामयिक विषयबस्तुका बारेमा प्रशिक्षण दिनुभएको थियो ।
अखिल नेपाल महिला संघ स्याङ्जाका अध्यक्ष सरस्वती भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मन्जु केसीले स्वागत एवं सचिव शान्तिदेवी गौतमले संचालन गर्नुभएको थियो ।
प्रशिक्षणमा जिल्ला कमिटी सदस्य, पालिकाका अध्यक्ष उपाध्यक्षगरी ७० जना महिलाहरुको सहभागिता थियो ।