स्याङ्जा १ जेठ । बुद्ध जयन्तीको अवसर पारेर पुतलीबजार नगरपालिका १३ स्थित स्मृति युवा क्लवद्धारा आयोजित चौथो वडाअध्यक्ष कप फुटवल प्रतियोगिताको उपाधी होराइजन युवा क्लव भुम्रेले जितेको छ । आयोजक स्मृति क्लव भने उपविजेता बनेको छ ।
योसंगै विजेता क्लबले १ लाख ११ हजार १११ रुपैंया नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र पाएका छन् । यसैगरी, उपबिजेता आयोजक क्लवले ५० हजार १११ रुपैंया सहित मेडल, ट्रफी र प्रमाणपत्र पाएका छन।
प्रतियोगिता अन्तरगत अण्डर फिफ्टिन समुहतर्फ भने पर्वतको मर्दिखोलाले उपाधी जितेको छ भने स्याङ्जाको लामागे युवा क्लव उपविजेता बनेको छ । उपाधी बिजेता क्लवबले १४ हजार र उपविजेता क्लवले ७ हजार नगद सहित प्रमाणपत्र र ट्रफी पाएका छन् ।
बैशाख २२ गतेदेखि संचालित प्रतियोगिता लगायत बिबिध कार्यक्रमको समापन गर्दै वडा अध्यक्ष जुद्धबहादुर थापाले खेलकुद प्रतियोगिताले धेरै सिकाएको जनाउदै यस्ता कार्यक्रममा निरन्तरता दिइने बताउनुभयो ।
कार्यक्रमा पूर्व जिविस सभापति रामबहादुर थापा, एन्फाका जिल्ला अध्यक्ष मुक्त राना, युवा संघका अध्यक्ष पिताम्बर खनाल लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
स्मृति युवा क्लवका अध्यक्ष भीम रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य शेषकान्त सुवेदीले स्वागत एवं सचिव मिनप्रसाद अर्यालले संचालन गर्नुभएको थियो ।