Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, June 9
    Trending
    • आजदेखि ट्राफिक सप्ताह सुरु
    • पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल
    • इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै
    • भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » अधिवक्ता पाण्डेलाई कारवाहीको माग गर्दै स्याङ्जा प्रशासनमा धर्ना
    पुतलीबजार नगरपालिका

    अधिवक्ता पाण्डेलाई कारवाहीको माग गर्दै स्याङ्जा प्रशासनमा धर्ना

    Syangja SandeshBy Syangja SandeshAugust 7, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २२ साउन । नेपाल मगर संघ जिल्ला समन्वय समिति स्याङ्जाले विबादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई कारबाहीको माग गर्दै विरोध प्रर्दशन गरेको छ ।

    स्याङ्जामा जिल्ला प्रशासन कार्यालय अगाडि शान्तीपुर्ण धर्ना सहित समितिले प्रशासन मार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ । अधिवक्ता पाण्डेलाई कारबाहीको माग गर्दे शान्तिपुर्ण रुपमा प्रर्दशन गरिरहेका माथि भएको प्रहरी दमन र ज्याजती विरुद्ध शान्तीपुर्ण प्रर्दशनी सहित ज्ञापन पत्र बुझाएको मगर संघले जनाएको छ ।

    जातिय सदभावमा खलल पु¥याउने गरी गुल्मीको रेसुंगा नगरपालिका ६ स्थायी ठेगाना भएको काठमाडौ बस्दै आउनुभएको अधिवक्ता पाण्डेले एक टेलिभिजन वार्तामा तामाङ र मगर जातिमा दाजुबहिनी बीचमा विवाह हुने गरेको र त्यस्ता सम्बन्धबाट जन्मिएका बच्चा अपराधिक मानसिकताको हुने भनि दिएको तथ्यहिन अभिव्यक्तिले तामाङ र मगर समुदाय सहित सिंगो आदीबासी जनजातिको समुदाय अहिले आन्दोलित भएका छन् ।

    उक्त आन्दोलनमा प्रहरीको ज्याजती र दमनका कारण धेरै अभियन्ताहरु घाईते भएको भन्दै नेपाल मगर संघले अधिवक्ता पाण्डेलाई कारबाहीको माग गर्दै ज्ञापन पत्र बुझाएको हो । मगर संघ जिल्ला समन्वय समितिका अध्यक्ष सागर चर्ती मगरद्धारा हस्ताक्षरित विज्ञप्तिमा कानुन व्यवसायी पाण्डेको अभिव्यक्तिले नेपालको बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक सहिष्णुतामाथि खलल पुग्न गएको भन्दै पाण्डेलाई कारबाहीको माग गरिएको छ ।

    अधिवक्ता पाण्डेलाई प्रहरीले पक्राउ परेकै दिन यही साउन १७ गते सामान्य सोधपुछ गरी जमानीमा छाडेको भन्दै यस घटनाले जनजाति समुदायप्रति चोट पुगेको उल्लेख गरिएको छ । पाण्डेलाई हदैसम्मको सजायको माग गर्दै, शान्तीपुर्ण आन्दोलनमा रहेका अभिन्ताहरुलाई अनावश्यक बल प्रयोग गरी चरम यादाना दिने जिल्ला प्रहरी कार्यालय टेकुका वरिष्ठ उपरिक्षक दानबहादुर कार्की सहित संलग्न प्रहरीलाई कारबाही गर्न माग विज्ञप्ति मार्फत गरिएको छ ।

    साथै प्रहरीको यातनाबाट घाईते भएका अभियन्ताहरुलाई उपचार खर्चको सहित उचित क्षतिपुर्तिको माग समेत गरेको छ । शान्तिपुर्ण विरोध कार्यक्रममा जिल्लास्थित मगर समुदायहरु सहभागि भएका थिए । सहभागिहरुले अधिवक्ता पाण्डेको लाईसेन्स खारेज गर, अभियुक्त पाण्डेलाई कारबाही गर, जातिय सदभावमा खलल पुरयाउन पाईदैन्, दोषी प्रहरीलाई कारबाही गरलगायत लेखिएका प्लेकार्ड समेत प्रर्दशन गरेका थिए ।

    शान्तिपुर्ण विरोध प्रर्दशन सहित प्रमुख जिल्ला अधिकारी शसिधर घिमिरेलाई ज्ञापन पत्र बुझाईएको मगर संघ समन्वय समितिका अध्यक्ष सागर चर्ती मगरले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आजदेखि ट्राफिक सप्ताह सुरु

    June 8, 2025

    पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल

    June 8, 2025

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आजदेखि ट्राफिक सप्ताह सुरु

    June 8, 2025

    पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल

    June 8, 2025

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आजदेखि ट्राफिक सप्ताह सुरु

    June 8, 2025

    पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल

    June 8, 2025

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.