Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, June 8
    Trending
    • इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै
    • भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    • सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु
    • चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » अघिल्लो वर्षभन्दा ४० प्रतिशतले कम फले स्याङ्जामा सुन्तला
    अर्थ

    अघिल्लो वर्षभन्दा ४० प्रतिशतले कम फले स्याङ्जामा सुन्तला

    Syangja SandeshBy Syangja SandeshJanuary 4, 2022No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २० पुस । यसवर्ष स्याङ्जामा निकै कम सुन्तला फलेका छन् । यसवर्ष यहाँ अघिल्लो वर्षभन्दा ४० प्रतिशतले कम फलेको सुन्तला सुपरजोन कार्यालयको प्रारम्भिक अनुमान छ ।
    गतवर्षको तुलनामा यसवर्ष समग्र जिल्लामा झण्डै आधाभन्दा कम सुन्तला फलेका हुन् । सुन्तला उत्पादनका लागि प्रख्यात स्याङ्जामा गतवर्ष भन्दा कम फल्नु, हिउँदमा खडेरी पर्नु, वर्षामा आवश्यकभन्दा बढि पानी हुनु र पाक्ने समयमा औंसा किराको प्रकोपका कारण सुन्तला उत्पादनमा कमी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोनका प्रमुख माधबप्रसाद लम्सालले बताउनुभयो ।

    गत वर्ष झण्डै १७ हजार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । सुन्तलाबाट जिल्लाले ५५ करोड रुपैया आम्दानी गरेको थियो । सुन्तला उत्पादनका लागि उपयुक्त भूगोल भएकाले यहाँ सुन्तला सुपरजोन परियोजना संचालनमा छ । सुपरजोन अन्र्तगत १५ सय ९० हेक्टरमा र कृषि ज्ञान केन्द्र मार्फत ६ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएका छन् ।

    जिल्लाको मुख्य उत्पादन सुन्तला हो । सुन्तलाबाटै वर्षेनी करोडौं रुपैयाँ भित्रयाइन्छ यहाँ । जिल्लाका ११ पालिकाका ९७ वडा मध्ये ८र९ वडा बाहेक सबैमा सुन्तला खेती गरिन्छन । यहाँका पाखा, पखेरा र खेतबारीका गहगह्रामा पनि सुन्तला रोपिएका छन् । हिजोआज सुन्तला पाकेर पहेंलपुर छन् ।

    सुन्तला बिरुवा रोपेको ५ देखि ७ वर्षभित्रमा फल दिने हुँदा किसानको बिशेष रुची सुन्तला खेतीमा हुन्छ । बसाई सरेर जानेहरु पनि यहाँ सुन्तला रोपेका छन् । वर्षको दुईरचार पटक आएर मल, जल, गोडमेल गरेर पनि सुन्तला फलाएका छन् ।

    गतवर्षको तुलनामा यसवर्ष करिब ४० प्रतिशत सुन्तला उत्पादनमा कमी भएको अनुमान गर्नुहुन्छ सुन्तला सुपरजोनका अध्यक्ष ताराप्रसाद अर्याल पनि । सुन्तला उत्पादनमा कम भएता पनि यसवर्ष बजारको समस्या नरहेको उहाको भनाईछ ।

    गतवर्ष ४३ मेट्रिक टन सुन्तला फलेको बताउने पुतलीबजार नगरपालिका(११का मुक्ति अधिकारी यसवर्ष १९र२० टन मात्र फलेको बताउनुभयो । उहाले भन्नुभयो , ‘उत्पादन कम छ, तर मूल्य भने राम्रो छ । ब्यापारिले बगैंचामै आएर आज पनि प्रतिकिलो ७५ देखि ८० रुपैयाँमा खरिदेका छन् ।’

    पुतलीबजार, वालिङ्, भीरकोट, चापाकोट, गल्याङ नगरपालिकाका अधिकांश वडामा सुन्तला खेती हुन्छ । दहथुम, अर्जुनचौपारी, एलादी, मनकामना, खिलुङ देउराली, ठूलाडिही, फापरथुम, बहाकोट, ओरष्टे, पौवेगौडे लगायतका वडा सुन्तला उत्पादनका मुख्य पकेट क्षेत्र हुन । तर, केही वडा बाहेक जिल्लाभर सुन्तला खेती अत्यन्तै राम्रो हुन्छ ।

    स्याङ्जामा आन्तरिक रुपमा कात्तिकदेखि नै सुन्तला बिक्री गर्दछन् । यहाँ उत्पादित सुन्तलाको मुख्य बजार पोखरा, बुटवल, नारायणघाट, काठमाण्डौं हो । केही किसानले पोखरा र बुटवलका बजारमा पुरयाएर थोक बिक्री गर्ने गर्दछन् । सुन्तला ब्यपारी पनि बगैंचामै पुगेर खरिद गर्ने गरेका छन् ।

    सुन्तलाका लागि चाहिने हावापानीसहित किसानका मेहनत पुगेकाले यहाँका सुन्तला निकै आर्कषण र स्वादिलो रहेको कृषि ज्ञान केन्द्रका प्रमुख बिनोद हमालको भनाई छ । यहाका किसानका चाहना र माग बमोजिम सुन्तला खेती विस्तार र गुणस्तरीय उत्पादनमा ध्यान दिएका छौं ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु

    June 4, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.