Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, September 20
    Trending
    • जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा
    • संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता
    • आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » ९ बुँदे आरोप लगाउदै गल्याङ्का निबर्तमान नगरप्रमुख भूपराज ६ महिना निलम्बनमा
    गल्याङ् नगरपालिका

    ९ बुँदे आरोप लगाउदै गल्याङ्का निबर्तमान नगरप्रमुख भूपराज ६ महिना निलम्बनमा

    Syangja SandeshBy Syangja SandeshJuly 17, 2022Updated:July 17, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १ साउन । नेकपा एमाले स्याङ्जाले गल्याङ् नगरपालिकाका निवर्तमान प्रमुख भूपराज अधिकारीलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको छ। स्थानीयतह निर्वाचनमा अधिकारीमाथि पार्टीलाई अन्तरघातगरी आफना उम्मेदवारलाई पराजित गरेको आरोप लगाइएको छ।
    नेकपा एमाले अध्यक्ष सूर्यप्रसाद गैह्रे (पारस) का अनुसार २ पटकसम्म सोधिएको स्पष्टिकरणको जवाफ नदिएकाले अधिकारीलाई पार्टीका जिम्मेवारीवाट ६ महिनाका लागि निलम्बन गर्ने निर्णय भएको जनाइएको छ। असार २० गते ३ दिनभित्र र असार २८ गते २ दिनभित्र स्पष्टीकरण दिनका लागि समय तोकेको थियो।
    अधिकारीमाथि बिभिन्न ९ वटा मुख्य बुँदामा केन्द्रितरही स्पष्टिकरण सोधिएको छ। निर्वाचनका बेला निर्णायक भूमिका नखेलेको, चुनावी अभियानका क्रममा सहभागी नभएको, बिरोधीसंग साँठगाँठ गरेको र आफना उम्मेदवारलाई हराउन लागेको, विपक्षी दलसंग रकम लिएको, आफना पार्टीका उम्मेदवार हराउने अभियानमा जुटेको, कार्यकर्ता भड्काएको, केन्द्रिय अध्यक्ष केपी ओली र जिल्लाका नेता एवं केन्द्रिय सचिव पदमा अर्याललाई अमर्यादित शब्द र गालीगलौच गरेको लगायतका बिबिध आरोप सहित निर्वाचनमा नगरप्रमुख र उपप्रमुखलाई हराउनु पर्ने कारणका बारेमा स्पष्टिकरण सोधिदा समेत अधिकारीले लिखित वा मौखिक कुनै किसिमको पनि प्रतिक्रिया नजनाएकाले कारवाही गरिएको अध्यक्ष गैह्रेको भनाई छ।
    जिल्ला अध्यक्ष समेत रहेको गैहेलाई नगरप्रमुखको उम्मेदवार हुने टिकट पाएपछि निवर्तमान प्रमुख अधिकारी असन्तुष्ट भएको एमाले बृत्तमा चर्चा छ। एमाले तर्फबाट उम्मेदवार बनेका गैह्रे नेपाली काँग्रेसका गुरुप्रसाद भट्टराईसँग पराजित भएका हुन। भट्टराई नेपाली कांग्रेसका जिल्ला सचिव हुन। एमाले जिल्ला अध्यक्ष र कांग्रेस जिल्ला सचिवबीच नगरप्रमुख पदमा प्रतिस्पर्धा भएको थियो।
    भट्टराईले ९ हजार ६२१ मत ल्याउनु पाउदा गैह्रेले ८ हजार ९२२ मत ल्याएका थिए। २०७४ सालको चुनावमा प्रमुख र उपप्रमुख एमालेले जितेको थियो। अहिले भने दुबै पद नेपाली कांग्रेसले जितेको छ। गल्याङ्लाई एमालेको राम्रो पकड क्षेत्र मानिन्छ।
    तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटनपछि एकिकृत समाजवादीको सचिब भएका उनलाई पुनः नगर प्रमुखको टिकट दिने केन्द्रिय नेताको आश्वासन दिएपछि एमालेमा फर्कनु भएको स्रोतले जनाएको छ । गतबर्ष सम्पन्न पार्टीको जिल्ला अधिवेशनमा पनि उहा सचिव पदमा पराजित हुनुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.