Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, June 6
    Trending
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    • सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु
    • चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै
    • फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान
    • सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » ३५ वर्षपछि आफ्नो जन्मथलोमा फर्किएका शोभाकान्तलाई स्वागत
    वालिङ् नगरपालिका

    ३५ वर्षपछि आफ्नो जन्मथलोमा फर्किएका शोभाकान्तलाई स्वागत

    Syangja SandeshBy Syangja SandeshAugust 10, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    वालिङ, २६ साउन

    हराएको ३५ वर्षपछि आफ्नो जन्मथलोमा फर्किएका ४६ वर्षीय शोभाकान्त लामिछाने (शुकान्त शर्मा) लाई घर परिवार तथा स्थानीय आमा समूहले स्वागत गरेको छ ।

    वालिङ ५ पित्लेक कोलपाटामा आयोजित स्वागत कार्यक्रममा बोल्नुहुँदै वालिङ नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष ढाकाराम पंगेनीले लामो समयदेखि हराएका शोभाकान्तलाई आँफू जन्मेको घरसम्म ल्याईपु¥याउने कार्यमा सहयोग गर्ने संस्था तथा ब्यक्तिहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले राम्रोसँग आँफू तथा आँफू जन्मेको ठाउँको परिचय दिन नसक्ने ब्यक्तिलाई सामाजिक सञ्जाल तथा समाचारको माध्यमबाट पहिचान गराई परिवारसँग पुनर्मिलन बनाउन सफल हुनु एउटा पूण्य कार्य भएको बताउनुभयो ।

    कार्यक्रममा रेडियो आँधीखोलाका अध्यक्ष नेत्रप्रसाद पाण्डेले सञ्चार माध्यमको प्रभावकारिता तथा सामाजिक सञ्जालको सही सदुपयोगका कारणले गर्दा शोभाकान्तले लामो समयपछि आफ्नो जन्मभूमिमा आउन सफल भएको बताउनुभयो ।

    घर आउन लाखौं कोशिस गर्दा पनि घरको ठेगाना नजानेर विदेशी भूमिमा स्वदेशका विभिन्न भागमा अलपत्र बन्न पुग्नुभएका शोभाकान्तलाई सामाजिक सञ्जाल तथा सञ्चार माध्यमको प्रयोगमार्फत घरपरिवारसँग पुनर्मिलन गराउन सफल हुनुहुने काभ्रे पनौतिका बुद्धकुमार श्रेष्ठसहितको टिमप्रति आभार ब्यक्त गर्नुभयो ।

    कार्यक्रममा काभ्रे बनेपास्थित तपाई हाम्रो साप्ताहिकका प्रधानसम्पादक बुद्धकुमार श्रेष्ठले होटलमा काम गर्दै आउनुभएका शोभाकान्तले आँफू घर जान चाहेको र त्यसका लागि पहल गरिदिन अनुरोध गरेपछि सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरुको सहायता लिएको बताउनुभयो । आफ्नै कारणले लामो समयदेखि विछोडिएको परिवारलाई पुनर्मिलन गराउन पाउँदा आँफूलाई निक्कै खुशी लागेको बताउनुभयो ।

    कार्यक्रममा स्थानीय समाजसेवी भुवानेश्वर लामिछाने, हुमनाथ लामिछाने, आमा समूहकी अध्यक्ष सुशीला लामिछाने लगायतले आशा मारिसकेको आफ्नो परिवारको सदस्य घरमा पाउँदा निक्कै खुशी लागेको बताउनुभएको थियो । सोही अवसरमा काभ्रेको बनेपादेखि वालिङसम्म ल्याएर परिवारको जिम्मा लगाउने कार्यमा महत्वपूर्ण भूमिका खेल्नुभएका बुद्धकुमार श्रेष्ठसहितको टोलीलाई स्थानीयले सम्मान गरेका थिए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध

    May 30, 2025

    आगलागीबाट पुतलीबजारमा एक घर र वालिङमा एक उद्योग जलेर पूर्णक्षति

    May 4, 2025

    स्वतन्त्रता दिवसमा स्याङ्जामा पत्रकारको स्वास्थ्य परिक्षण

    May 4, 2025

    बोलेर भन्दा काम गरेर नतिजा देखाउन उपप्रधानमन्त्री श्रेष्ठको सुझाव

    April 30, 2025

    वालिङ साना शहरी खानेपानी संस्थाको अध्यक्षमा पुनः विद्या श्रेष्ठ निवार्चित

    April 25, 2025

    व्यवहार परिवर्तनका लागि महिलालाई ‘हेफर आधारशिला’

    April 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु

    June 4, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.