Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, September 5
    Trending
    • चापाकोटको रामडाँडा पर्यटकले भरिभराउ
    • स्याङ्जामा २२ करोडको लागतमा १५ शीतभण्डार
    • इस्लाम धर्मका प्रवर्तक मोहम्मदको जन्मोत्सव मनाइँदै, पुतलीबजारमा शुक्रवार सार्वजनिक बिदा
    • जडिबुटी उत्पादन र बजारीकरणको अध्ययन गर्न स्याङ्जाको टोली भारतमा
    • लागु औषधका फरार कसुरदार ७ बर्षपछि पक्राउ
    • गैसस महासंघ स्याङ्जाद्धारा गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र
    • नवआगन्तुक न्यायधीश र न्यायधीवक्तालाई बारले स्वागत
    • मुआब्जा तथा क्षतिपूर्तिको माँग
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » २०७५ जेठ २ गते को अवस्थामा क्रियाशील हुन निर्देशन
    राजनीति

    २०७५ जेठ २ गते को अवस्थामा क्रियाशील हुन निर्देशन

    Syangja SandeshBy Syangja SandeshAugust 24, 2021No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौं ८ भदौ । नेकपा (एमाले)ले पार्टीका प्रदेश समन्वय कमिटी र जिल्ला कमिटीहरूलाई २०७५ जेठ २ गते को अवस्थामा क्रियाशील हुन निर्देशन दिएको छ ।

    ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा माधवकुमार पक्षका १० स्थायी कमिटी सदस्यहरू सहित बसेको स्थायी कमिटी बैठकले पार्टीलाई २०७५ जेठ २ अघिकै अवस्थामा क्रियाशील हुन निर्देशन दिएको एमाले प्रवक्त प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

    यस्तै बैठकले जेठ २ गतेलाई आधार मानेर पार्टीको सदस्यता नविकरण गर्ने भएको छ । यसअघि नविकरण गरिसकेकाले पनि पुनः नविकरण गर्नुपर्ने निर्णय गरेको छ ।

    बैठकले पार्टीको विधान महाधिवेशन असोज ४ गतेदेखि ६ गतेसम्म र महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म गने निर्णय गरेको प्रवक्ता ज्ञवालीले बताउनुभयो । यसैगरी बैठकले कात्तिक ६ गते वडा र ९ गते पालिका अधिवेशन गर्ने निर्णय पनि गरेको छ ।


    नेकपा एमालेले १० बुँदे प्रस्ताव कार्यान्वयन गर्ने क्रममा उत्पन्न हुन सक्ने समस्या समाधान गर्न कार्यदल बनाएको छ। कार्यदलमा ईश्वर पोखरेल, भीम रावल, विष्णु पौडेल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका छन्।१० बुँदे प्रस्ताव कार्यान्वय सम्बन्धमा विभिन्न ८ निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।


    १. पार्टीको पक्षमा रहेर क्रियाशील हुने केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश समन्वयन कमिटी जिल्ला कमिटी लगायत सबै तहका पार्टी कमिटी र जनसंगठनका सबै तहका पदाधिकारी र सदस्यहरूलाई २०७५ साल जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिने। १० बुँदे प्रस्तावलाई सन्दर्भ सामग्रीका रूपमा मातहत कमिटी तथा पार्टी सदस्य समक्ष प्रेसित गर्ने।


    २. १० बुँदे प्रस्तावमा आधारित निर्णय कार्यान्वयन गर्ने क्रममा उत्पन्न हुन सक्ने समस्या समाधान गर्न कार्यदल बनाइएको छ। उक्त कार्यदलमा ईश्वर पोखरेल, भीम रावल विष्णु पौडेल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका छन्।

    ३. २०७५ साल जेठ २ गते सदस्यतालाई आधार मानेर पार्टी सदस्यता नविकरण अगाडि बढाइने। नविकरणको क्रममा एकीकरणको क्रममा आवद्ध भएका सदस्यहरूको पनि नविकरण गरिने र २०७५ साल जेठ ३ पछि दिइएका नयाँ सदस्यहरूको पनि नविकरण असोज मसान्तसम्म गर्ने निर्णय भएको छ।

    ४. पार्टीको विधान महाधिवेशन यही असोज ४,५ र ६ गते काठमाडौंमा गर्ने र पार्टीको १० औं महाधिवेशन २०७८ मंसिर १०, ११ र १२ मा गर्ने निर्णय। विधान महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजबारे छलफल गर्न भदौ २५ र २६ स्थायी कमिटी र २७ गते केन्द्रीय कमिटी बैठक आयोजना।

    ५.पार्टीका स्थानीय कमिटीलाई व्यवस्थित गर्नको लागि देशैभर २०७८ साल कात्तिक ६ गते वडा अधिवेशन र कात्तिक ९ गते पालिका वा सो सरहका कमिटीको अधिवेशन गर्ने।

    ६.पार्टीको पछिल्लो निर्णय सम्प्रेषण गर्नको लागि २०७८ साल भदौ १६ देखि २० सम्म केन्द्रीय प्रशिक्षकहरूको उपस्थितिमा सबै जिल्लामा जिल्ला कार्यकर्ता भेला र जनसंगठनको केन्द्रीय कार्यकर्ताको भेला आयोजना गरिनेछ।

    ७.पार्टी केन्द्रीय कमिटीको बैठक भदौ १० गते काठमाडौंमा आयोजना हुनेछ।

    ८. यसलगायत अन्य निर्णय र यसको दूरगामी परिणाम र समसामयिक राजनीतिक प्रभाव र राजनीतिक स्थितिबारे प्रष्ट पार्न भोलि पार्टी अध्यक्ष लगायत नेताको उपस्थितिमा ११ बजे पत्रकार सम्मेलन गरिने।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेकपा एस स्याङ्जाको अध्यक्षमा शंकरध्वज कार्की

    June 22, 2025

    कम्यूनिष्ट पार्टी स्थापना दिवसमा एमालेका ५ कम्यूनिष्ट अगुवा नेतालाई सम्मान

    April 23, 2025

    राप्रपा स्याङ्जाले बुझायो प्रधानमन्त्रीलाई ६ बुँदे माग सहितका ज्ञापनपत्र

    April 23, 2025

    अखिल नेपाल किसान महासंघ वालिङको अध्यक्षमा गैहे

    March 25, 2024

    कांग्रेस जिल्ला सम्मेलनमा ८ स्वतन्त्रता सेनानीलाई सम्मान

    January 26, 2024

    गठबन्धन ५ बर्ष टिकाउ, गठबन्धनका साझा उम्मेदवारलाई जिताउ — मन्त्री गुरुङ्

    January 20, 2024
    Leave A Reply Cancel Reply

    Latest Posts

    चापाकोटको रामडाँडा पर्यटकले भरिभराउ

    September 4, 2025

    स्याङ्जामा २२ करोडको लागतमा १५ शीतभण्डार

    September 4, 2025

    इस्लाम धर्मका प्रवर्तक मोहम्मदको जन्मोत्सव मनाइँदै, पुतलीबजारमा शुक्रवार सार्वजनिक बिदा

    September 4, 2025

    जडिबुटी उत्पादन र बजारीकरणको अध्ययन गर्न स्याङ्जाको टोली भारतमा

    September 4, 2025

    लागु औषधका फरार कसुरदार ७ बर्षपछि पक्राउ

    September 3, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    चापाकोटको रामडाँडा पर्यटकले भरिभराउ

    September 4, 2025

    स्याङ्जामा २२ करोडको लागतमा १५ शीतभण्डार

    September 4, 2025

    इस्लाम धर्मका प्रवर्तक मोहम्मदको जन्मोत्सव मनाइँदै, पुतलीबजारमा शुक्रवार सार्वजनिक बिदा

    September 4, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.