Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, June 9
    Trending
    • आजदेखि ट्राफिक सप्ताह सुरु
    • पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल
    • इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै
    • भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » १०४ वर्ष पहिल्यै थियो नेपालमा सुरुङमार्ग
    बिबिध

    १०४ वर्ष पहिल्यै थियो नेपालमा सुरुङमार्ग

    Syangja SandeshBy Syangja SandeshJuly 30, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    कृष्ण सारु मगर
    हेटौंडा, १५ साउन । नेपालमा अझै पनि सुरुङमार्गलाई नौलो विकास ठानिन्छ। तर, तपाईं–हामी धेरैलाई थाहा छैन, करिब १०४ वर्ष पहिल्यै हाम्रो देशमा सुरुङमार्ग थियो। सरकारी निकायले नै यसलाई एसियाकै पहिलो सुरुङमार्ग भनेर दाबी गर्दै आएका छन्। जुन २०२० सालपछि प्रयोगमा आउन छाडेको थियो। यसलाई २०७२ सालको भूकम्पले थप जीर्ण बनाएको थियो।

    यसको लम्बाइ सुरुमा ५ सय मिटर थियो। एकातर्फका भाग पहिरोले पुरिएपछि १ सय ९८ मिटर बाँकी रहेको जनाइएको छ। चौडाइ २।५ मिटर र उचाइ तीन मिटर छ। पाँचौं राणा प्रधानमन्त्री चन्द्रशमशेरका पालामा सन् १९१७ मा बाराको अमलेखगन्जबाट मकवानपुरको हेटौंडा छिचोल्न यो सुुरुङमार्ग निर्माण गरिएको थियो। त्यस समय भारतबाट अमलेखगन्जसम्म रेल आउँथ्यो।

    अब भने बागमती प्रदेश सरकारको यातायात पूर्वाधार निर्देशनालयले मकवानपुर र बाराको सिमानामा रहेको चुरियामाईस्थित सुरुङमार्गको पुनर्निर्माण थालेको छ। मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबार पुनर्निर्माण कार्यको शिलान्यास गरेका छन्। ‘यो इतिहास नयाँ पुस्तालाई हस्तान्तरणसँगै पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण हुने हामीले अपेक्षा लिएका छौं’, मुख्यमन्त्री पौडेलले भने।

    पौडेलले आफू किशोरावस्थामा २०१८ सालतिर यो सुरुङमार्गबाट मोटर चढेर अमलेखगन्ज गएको स्मरण गरे। पुर्खाले एक शताब्दीअघि सुरुङ निर्माण गरे पनि त्यसलाई पछ्याउन नयाँ पुस्ताले ढिलाइ गरेको उनको भनाइ थियो। उनका अनुसार सुरुङमार्ग सञ्चालनताका भारतबाट अमलेखगन्जसम्म रेल आउँथ्यो। रेल पछिसम्मै चले पनि सुरुङमार्ग भने बन्द भयो।

    अमलेखगन्ज–भीमफेदी मार्गअन्तर्गत चुरेमा भने उकालो भएकाले मोटर गुडाउन असहज भएपछि विकल्पमा सुरुङ खनेको जनाइएको छ। निर्देशनालयले यसको पुनर्निर्माणका लागि ४ करोड ५७ लाख रुपैयाँको बोलपत्र आह्वान गरेको थियो। माउन्टेनइन्फ्रा कम्पनी स्युचारटार काठमाडौंले ३ करोड ३६ लाख १३ हजार ८ सय ७८ रुपैयाँमा ठेक्का पारेर काम अघि बढाएको हो।

    ‘निर्माण कार्य समयमै सम्पन्न हुने गरी काम अघि बढाएका छौं’, भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले भने । निर्माण कम्पनीले २०७९ वैशाख १९ गतेसम्ममा पुरानै स्वरूपमा पुनर्निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता छ। अन्नपूर्ण पोष्ट

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    सागर बाबुको “जिन्दगीको रीत“ गीतगजल संग्रह बिमोचन

    December 24, 2022

    मानवअधिकार तथा शान्ति समाजको स्थापना दिवसका अवसरमा स्याङ्जामा अन्तरक्रिया

    June 3, 2022

    खुले स्याङ्जाका प्रसिद्ध शक्तिपीठहरु

    September 26, 2021

    भूगर्भविदद्धारा गडहरे गुफाको अध्ययन अवलोकन

    September 20, 2021

    हरियाली उद्यान र टावरमा बढ्दो आकर्षण

    September 18, 2021

    मदन पुरस्कारका लागि ९ वटा पुस्तक छानिए

    July 30, 2021
    Leave A Reply Cancel Reply

    Latest Posts

    आजदेखि ट्राफिक सप्ताह सुरु

    June 8, 2025

    पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल

    June 8, 2025

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आजदेखि ट्राफिक सप्ताह सुरु

    June 8, 2025

    पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल

    June 8, 2025

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.