Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, June 13
    Trending
    • मिचाहा प्रजाती ब्यवस्थापन सम्बन्धी अन्र्तक्रिया
    • जैसीडाँडाका महिलालाई बाटेको धुप बनाउने तालिम
    • साउदीमा फल्ने खजुर स्याङजाको जिमुवामा पनि लटरम्मै
    • पुतलीबजारमा संचालित वाद्यवादन तालिम सम्पन्न
    • गोरखाका नगरप्रमुख सहित पत्रकारलाई स्याङ्जामा स्वागत
    • धानको बीउ बेचेर ९० लाख आम्दानी
    • स्याङ्जा साहित्य प्रतिष्ठानद्धारा ६ साहित्यिक स्रष्टा सम्मान
    • आजदेखि ट्राफिक सप्ताह सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » होली र रमजानको शुभकामना दिँदै मनाइयो मधेशी एकता समाजको इफ्तार कार्यक्रम
    समाचार

    होली र रमजानको शुभकामना दिँदै मनाइयो मधेशी एकता समाजको इफ्तार कार्यक्रम

    Syangja SandeshBy Syangja SandeshMarch 25, 2024Updated:March 25, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं १२ चैत्र । विदेशमा बस्ने नेपालका मधेशीहरुको साझा संगठन मधेशी एकता समाजले युइईको दुबईमा मार्च २४ तारिख अर्थात् चैत्र ११ गते इफ्तार पार्टीको आयोजना गरेको छ ।

    पवित्र रामजान महिनाको अवसरमा युएईमा बस्ने मधेशका मुस्लिम समुदायको सम्मानमा एकता समाजले इफ्तार कार्यक्रमको आयोजना गरेको हो । रमजान महिनामा दिनभरि रोजा अर्थात् अन्न र पानी ग्रहण नगरी व्रत बसेपछि मुस्लिम समुदायले हरेक साँझ विशेष खानपिन गर्ने गर्दछन् जसलाई इफ्तार भनिन्छ ।

    खराब मौसमको बाबजुद इफ्तार कार्यक्रममा हिन्दु र मुस्लिम समुदायका व्यक्तिहरुको उल्लेखनीय सहभागिता थियो । त्यस अवसरमा भारत र पाकिस्तानका मुस्लिमहरु पनि सहभागी थिए ।

    इफ्तार कार्यक्रममा हिन्दु र मुस्लिम सहभागीहरुले मुस्लिम समुदायको जालीदार टोपी आआफ्नो टाउकोमा लगाएका थिए ।
    त्यस अवसरमा उनीहरुले ह्यापी होली र रमजान मुबारक भन्दै एकअर्कालाई होली र रमजानको शुभकामना दिएका थिए ।
    इफ्तारका सहभागीहरुले यस्तो कार्यक्रमको आयोजनाले हिन्दु र मुस्लिम समुदायबीच मिलीजुली बस्ने सद्भाव र भाइचाराको सन्देश दिने बताउनुभयो ।

    कार्यक्रमपछि आफ्नो धारणा राख्दै एक जना सहभागी फैजानले इफ्तार आयोजनाको प्रशंसा गर्दै आयोजक मधेशी एकता समाजलाई धन्यवाद दिनुभयो ।

    एकता समाजका उपाध्यक्ष शैलेन्द्र कुमार यादवले सबै जाति, भाषा र धर्मभन्दा माथि उठेर समाजले मधेशका सबै जात, धर्म र भाषालाई जोडेर अगाडि बढ्न खोजेको बताउनुभयो ।

    सहभागी फैजलले इफ्तार आयोजनका लागि धन्यवाद दिँदै यस वर्षको होलीको उपलक्ष्यमा शुभकामना दिनुभयो ।

    समाजका वरिष्ठ सल्लाहकार सुरेश कुमार यादवले एकता समाजले आयोजना गर्ने होली र रमजानसम्बन्धी कार्यक्रमले मधेशका सबै जाति, धर्म र भाषाका मानिसलाई जोड्ने काम गरेको धारणा राख्नुभयो ।

    समाजका निवर्तमान अध्यक्ष कृष्ण ठाकुरले मधेशी एकता समाजका लागि सबभन्दा ठूलो धर्म मानव धर्म भएको बताउनुभयो ।

    कार्यक्रममा समापन मन्तव्य राख्दै समाजका संस्थापक डा. रविन्द्र कुमार यादवले विभिन्न जाति, धर्म र भाषाको विविधता भएको मधेशमा कहिलेकाही कटुता उत्पन्न हुने गरेको र ती कटुता र टकरावलाई सद्भाव र अपनत्वमा बदल्न एकता समाजले होली र इफ्तारजस्ता कार्यक्रम आयोजना गर्ने गरेको बताउनुभयो ।

    युएईको गोल्डेन भिजा प्राप्त गर्ने पहिलो नेपाली समेत रहनुभएका डा. यादवले सन् २०१५ देखि नै एकता समाजले दुबईमा रमजानको अवसरमा प्रत्येक वर्ष इफ्तार कार्यक्रम आयोजना गर्न थालेको जानकारी दिनुभयो ।

    इफ्तार कार्यक्रम सकिएपछि सहभागीहरुले रंग अबिर दलेर यस वर्षको होली पर्व मनाएका थिए । नेपालको काठमाडौँ उपत्यका र पहाडी क्षेत्रमा हिजो अर्थात् चैत्र ११ गते होली मनाइयो भने पुरै तराईमधेशमा आज रंगोत्सव मनाइँदैछ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    मिचाहा प्रजाती ब्यवस्थापन सम्बन्धी अन्र्तक्रिया

    June 13, 2025

    जैसीडाँडाका महिलालाई बाटेको धुप बनाउने तालिम

    June 13, 2025

    साउदीमा फल्ने खजुर स्याङजाको जिमुवामा पनि लटरम्मै

    June 13, 2025

    पुतलीबजारमा संचालित वाद्यवादन तालिम सम्पन्न

    June 13, 2025

    गोरखाका नगरप्रमुख सहित पत्रकारलाई स्याङ्जामा स्वागत

    June 13, 2025

    आजदेखि ट्राफिक सप्ताह सुरु

    June 8, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    मिचाहा प्रजाती ब्यवस्थापन सम्बन्धी अन्र्तक्रिया

    June 13, 2025

    जैसीडाँडाका महिलालाई बाटेको धुप बनाउने तालिम

    June 13, 2025

    साउदीमा फल्ने खजुर स्याङजाको जिमुवामा पनि लटरम्मै

    June 13, 2025

    पुतलीबजारमा संचालित वाद्यवादन तालिम सम्पन्न

    June 13, 2025

    गोरखाका नगरप्रमुख सहित पत्रकारलाई स्याङ्जामा स्वागत

    June 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    मिचाहा प्रजाती ब्यवस्थापन सम्बन्धी अन्र्तक्रिया

    June 13, 2025

    जैसीडाँडाका महिलालाई बाटेको धुप बनाउने तालिम

    June 13, 2025

    साउदीमा फल्ने खजुर स्याङजाको जिमुवामा पनि लटरम्मै

    June 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.