स्याङ्जा १७ असोज । विश्व हिन्दु स्यवंसेवक संघ नेपाल स्याङ्जाले हिन्दु धर्म संस्कार सम्बन्धी एक हप्ते प्राथमिक शिक्षा एवं अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
समापन अवसरमा बोल्दै संघिय सांसद नारायणप्रसाद मरासीनीले सवैका हितका पक्षमा काम गर्नु नै धर्म भएको बताउनुुभयो । उहाले परापूर्वकालदेखि मनाउदै आएका हाम्रा धर्म संस्कृतिको रक्षा गर्नु हाम्रो कर्तब्य र धर्म दुबै भएकोमा जोड दिनुभयो ।
कार्यक्रममा विश्व हिन्दु स्वयंसेवक संघ राष्ट्रिय सहसंघ चालक कल्याण तिमिल्सिनाले नेपाल हिजो पनि हिन्दु राष्ट्र थियो र आज र भोली पनि हिन्दु राष्ट्र नै रहने बताउनुभयो । उहाले सनातन धर्मलाई संबिधानले समेत ग्रहण गरेको जनाउनुभयो ।
विश्व हिन्दु स्यवंसेवक संघ नेपाल स्याङ्जाका अध्यक्ष यदुनन्दन अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर संचालक मुक्तिप्रसाद रेग्मीले स्वागत एवं सचिव ऋषिराम शर्माले संचालन गर्नुभएको थियो ।
स्याङ्जा सदरमुकाममा आयोजित ७ दिने आवासिय कार्यक्रममा हिन्दु धर्म संस्कार तथा दैनिक जीवनमा आइपर्ने कार्यका बारेमा बिभिन्न बिषय बिज्ञहरुले छुटटा छुट्टै प्रशिक्षण दिइएको छ । कार्यक्रममा स्याङ्जा र कास्कीकागरी ८६ जना किशोरको सहभागिता थियो ।
प्रशिक्षणमा कपिलदेव भट्ट, रेशम पौडेल, अच्यूत पोखरेल, ऋषिराम पोखरेल, ओमप्रकाश शर्मा, लगायत सेना, प्रहरीबाट समेत प्रशिक्षित गराइएको थियो। समापन कार्यक्रममा सहभागी किशोरहरुले योगाभ्यास लगायतका ब्यायामहरु प्रर्दशन गरेका थिए ।