स्याङ्जा ११ बैशाख । गल्याङ नगर प्रमुख गुरुप्रसाद भट्टराईले ठूला ठूला महत्वकाङ्क्षा लिएर भन्दा पनि सानातिना समस्याको समाधान गरेर अगाडि वढ्नु पर्ने बताउनुभयो । नैतिकताको खडेरी पर्न नदिई नव पुस्तालाई नैतिकबान बनाउन आवयश्यक रहेको उहाको भनाई छ ।
आईतबार गल्याङ नगरपालिका वडा नं. ९ बेलचौर स्थित बेलचौर आधारभूत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवन तथा स्वास्थय सेवा सञ्चालन कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो ।
नगर प्रमुख भट्टराईले गल्याङ नगरपालिकाले शिक्षा,स्वास्थ्य, सिचाई,खानेपानी, सडक जस्ता भौतिक पूर्वाधारको विकासका लागि सधै नगरपालिका नगरिकको साथ लिएर विकास निर्माण अभियानमा लागेको कुरा बताउनु भयो ।
कार्यक्रममा उपप्रमुख हेमा न्यौपाने, गल्याङ नगरपालिका वडा नं.९ का वडाअध्यक्ष नामदेव खनाल,निर्वतमान वडाअध्यक्ष हरिलाल खनाल, स्थानीय समाजसेवीहरु टक खनाल, निम प्रसाद खनाल, निलकण्ठ भण्डारी लगायतका बक्ताहरुले बोल्नु भएको थियो ।
स्वास्थ्य सेवा केन्द्र भवन निर्माणका लागि स्थानीय याम नारायण अर्याल,हिमा अर्यालले १ रोपनी ३ आना जग्गा निःशुल्क प्रदान गर्नु भएको थियो ।शिविरमा २ भन्दा वढी स्थानीयबासीले सेवा लिनु भएको थियो । ३३ लाख ६३ हजारको लगतमा ४ कोठे पक्की सुविधा सम्पन्न भवन निर्माण कार्य सम्पन्न भएको छ । दुई जना कर्मचारी सहित सेवा सुभारम्भ समेत गरेको छ ।
बेलचौर आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण समितिका अध्यक्ष तुलसीराम खनाललेको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य सचिव नगेनद्र प्रसाद अर्यालले र कार्यक्रमको सञ्चालन शालिकराम खनालले गर्नु भएको थियो ।