स्याङ्जा १४ मंसिर । निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुरामा मतगणना सुरू गर्न निर्देशन दिएको छ। मंसिर ४ मा मतदान भए पनि यी क्षेत्रको मतगणना हुन सकेको थिएन।
बाजुरामा नेपाली कांग्रेस र नेकपा एमालेले एकअर्कालाई बुथ कब्जा गरेको आरोप लगाएका थिए भने स्याङ्जामा नेकपा एमालेले कांग्रेसले धाँधली गरेको भन्दै केही केन्द्रमा पुनस् मतदानको माग गरेको थियो।
आयोगको आज बसेको बैठकले स्याङ्जा २ र बाजुरामा मतगणना सुरू गर्न निर्देशन दिएको हो।
