स्याङ्जा १३ साउन । स्याङ्जा सदरमुकाममा स्थापित लक्ष्मी स्मृति सामुदायिक पुस्तकालय र सामुदायिक स्याङ्जा रेडियो तथा टेलिभिजनको आठौं अधिबेशनले धुवबन्धु पौडेलको अध्यक्षतामा १९ सदस्यीय संचालक समिति निर्बिरोध चयन गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा यादवराज शर्मा, उपाध्यक्षमा इन्द्रेणी अधिकारी, सचिवमा बलराम दोरंगा, कोषाध्यक्षमा चन्द्रमणी पौडेल, सहसचिवमा गिरीधारी लम्साल निर्वाचित हुनु भएको हो ।
यसैगरी, सदस्यहरुमा लालप्रसाद शर्मा, राम शर्मा पोखरेल, मोहनप्रसाद आचार्य, अलि मोहम्मद मिया, डोलराज रेग्मी (कृष्ण), नारायणप्रसाद तिवारी, प्रेमबहादुर केसी, विमला नेपाल, सीता रेग्मी, मेघबहादुर सार्की, ऋषिकुमारी अर्याल, कुलप्रसाद अधिकारी र बलबहादुर गोदार बिजयी हुनु भएको निर्वाचन समिति संयोजक दुर्गानारायण ढकालले जानकारी दिनुभयो ।
