स्याङ्जा १२ चैत । जिल्ला प्रशासन कार्यालय स्याङ्जामा मिटरव्याजी सम्बन्धी हेल्प डेस्क स्थापना गरिएको छ । मिटरब्याजी सम्बन्धी उजुरी र गुनासा सुनुवाई गर्ने उदेश्यले जिल्ला प्रशासन कार्यालय स्याङ्जाले हेल्प डेस्क स्थापना गरेको हो ।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपालद्धारा हस्ताक्षरित सूचनामा अनुसार मिटरव्याज सम्बन्धी उजुरी, निवेदन र पिडितहरुका गुनासा तत्काल सुनुवाई गर्न फोकल पर्सन तथा सहजीकरण डेस्क तोकिएको हो ।
गृह मन्त्रालयले पत्र अनुसार डेस्क स्थापना गरिएको हो । जिल्लामा मिटरव्याजीबाट पिडित हुनुभएका सर्वसाधारणलाई डेस्कमा आई उजुरी तथा निवेदन पेश गर्न समेत स्याङ्जा प्रशासनले आग्रह गरेको छ ।
अनुचित लेनदेन मिटरव्याज विरुद्धको जाँचबुझ आयोग गठन हुने भएकाले मिटरव्याज सम्बन्धी उजुरी तथा निवेदन दिन र पिडितहरुको गुनासा सुनुवाई गर्न प्रशासकिय अधिकृत शोभाखर पोखरेललाई फोकल पर्सन तोकिएको उल्लेख गरिएको छ ।
 
		