Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, August 26
    Trending
    • स्थानीय शिल्पीलाई प्रोत्साहन देउ
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जा प्रदेशसभा १ मा अमृता र सीताबीच चुनावीे टक्कर
    राजनीति

    स्याङ्जा प्रदेशसभा १ मा अमृता र सीताबीच चुनावीे टक्कर

    Syangja SandeshBy Syangja SandeshNovember 4, 2022Updated:November 4, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १८ कात्तिक । आसन्न निर्वाचनमा महिला उम्मेदवार न्यून देखिएका बेला स्याङ्जाको एक प्रदेशसभा निर्वाचनमा महिला÷महिला बीच प्रतिस्पर्धा हुने भएको छ।


    स्याङ्जा क्षेत्र नं. १ को प्रदेशसभा १ मा लोकतान्त्रिक बामगठबन्धनका साझा उम्मेदवार अमृता थापा मगर र नेकपा एमालेका उम्मेदवार सीता सुन्दासबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ।


    नेकपा माओवादी केन्द्रका केन्द्रिय स्थायी समिति सदस्य एवं अखिल नेपाल महिला संगठन क्रान्तिकारीका केन्द्रिय अध्यक्ष समेत रहेका थापा यसअघि २ पटक समानुपातिकतर्फका संसद भईसकेका छन्। नेपालको भुगोल र सामाजिक अवस्थाका बारेमा राम्रो ज्ञान बटुलेका थापासंग सांसद राम्रो अनुभव छ। शिक्षित र बौद्धिक क्षमता भएका उनको सरल जीवन शैली र गाउँले परिवेशमा समेत सजिलै घुलमिल हुन सक्ने क्षमता छ।


    संबिधानसभा सांसद उहाको जन्म स्याङ्जाको विरुवा गाउँपालिकामा भएको हो। शिक्षित परिवारमा जन्मेका उनी तत्कालिन बिद्रोहीपक्ष माओवादीको राजनीतिक आन्दोलनमा भूमिगतबेलादेखि नै क्रियाशिल हुनुहुन्छ ।


    दिल्लीमा भएको १२ बुदें सम्झौताका समयमा गिरीजाप्रसाद कोइराला लगायत तत्कालिन बिद्रोही पक्ष माओवादीबीच भेटघाटको प्रवन्ध मिलाउने जिम्मेवारी समेत उहाले पाउनुभएको थियो ।


    यसैगरी, पुतलीबजार नगरपालिका ७ ठूलाडिही घर भै हाल सदरमुकाममा बस्दै आउनु भएका सुन्दास झण्डै ४० को दशकदेखि अनेरास्वीयू पाचौमा सहभागी भई राजनीति सुरु गर्नुभएको हो ।


    नेपाल उत्पीदित जातीय मुक्ति समाजमा जिल्लादेखि केन्द्रिय कमिटीमा रही, क्षेत्र, जिल्ला प्रदेश, केन्द्रिय बैकल्पिक सदस्य, केन्द्रिय सदस्य हुदैं जिल्ला इन्चार्ज, स्थानीय शान्ति समितिको संयोजक र जिल्ला समन्वय समिति स्याङ्जाको प्रमुख सहित महासंघको अध्यक्ष समेतको अनुभव छ।


    लामो समयसम्म शिक्षण अनुभव भएका सुन्दासको सरल, नम्र र मिजाशिलो स्वाभाव छ। स्थानीय निर्वाचनकोे मत हेर्दा स्याङ्जा क्षेत्र १ को (१) मा लोकतान्त्रिक बामगठबन्धनका साझा उम्मेदवारलाई सहज देखिन्छ।


    यद्यपी, सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादीकी अमृत थापा र एमालेकी उम्मेदवार सीता सुन्दास दुबैले निर्वाचन जित्ने दाबी गर्दै चुनावी प्रचार प्रसारका जुटेका छन्।


    विस २०७४ सालको प्रदेशसभा निर्वाचनमा बाम गठबन्धनतर्फका माओवादी केन्द्रका दीपक थापा मगरले १७ हजार ३९२ मत ल्याई विजयी हुनुभएको थियो । त्यतीबेला एमाले सहित माओवादीको गठबन्धन थियो भने उहाका प्रतिस्पर्धी नेपाली काँग्रेसका कमलप्रसाद पंगेनी एक्लैले १४ हजार ६६६ मत पाउनुभएको थियो ।


    स्याङ्जा क्षेत्र नम्बर १ (१) मा ५४ मतदानस्थल र ८५ मतदान केन्द्र तोएिका छन्। पुतलीबजार नगरपालिका १,२,७,८,९,१०,११, १२, भीरकोट नगरपालिकका १,२,३,४, वालिङ् नगरपालिकाका ३,४, विरुवा गाउँपालिका, हरिनास गाउँपालिकाका ६२ हजार ५ सय ५७ मतदाता छन्।


    जिल्लाका २ संघ र ४ प्रदेशसभा अन्र्तगत यो क्षेत्रमा नेकपा माओवादीतर्फका उम्मेदवार थापाले टिकट पाएका हुन। यस क्षेत्रमा थापा, सुन्दास लगायत ७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।


    स्वतन्त्र उम्मेदवार दुर्गादत्त भुषाल सहित राष्ट्रिय जनमुक्ति पार्टीका भुवनसिंह थापा, मंगोल नेशनल अर्गनाइजेशनका तिरथ गुरुङ, हाम्रो नेपाली पार्टीका मकबुल मिया, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुर्यलाल श्रेष्ठ भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्थानीय शिल्पीलाई प्रोत्साहन देउ

    August 26, 2025

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्थानीय शिल्पीलाई प्रोत्साहन देउ

    August 26, 2025

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्थानीय शिल्पीलाई प्रोत्साहन देउ

    August 26, 2025

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.