Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, December 16
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जा निर्वाचन क्षेत्र नं १ मा राजु थापा बिजयी
    राजनीति

    स्याङ्जा निर्वाचन क्षेत्र नं १ मा राजु थापा बिजयी

    Syangja SandeshBy Syangja SandeshNovember 25, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ९ मंसिर । स्याङ्जाको संघिय क्षेत्र नं १ मा नेपाली कांग्रेसका राजु थापा बिजयी हुनु भएको छ । उहाले ्३ हजार २५५ मतान्तर सहित नेकपा एमालेका नारायणप्रसाद मरासिनीलाई पराजित गर्नुभएको हो ।

    थापाले ३१ हजार ९९९ मत पाउँदा मरासिनीले २८ हजार ७४४ मत पाउनु भएको छ । यसैगरी, तेस्रोमा स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका बोधराज रेग्मीले ६ हजार ६५ मत पाउनुभयो ।
    थापा लोकतान्त्रिक बामगठबन्धनतर्फका साझा उम्मेदवार हो । मतगणनादेखिको अग्रता उहाले अन्त्यसम्म कायमै राख्न सफल हुनुभयो ।

    थापा र मरासिनीबीचको यो प्रतिस्पर्धा यो लगातार तेस्रो पटकको हो। उहाहरु २०७० सालमा भएको संबिधानसभा सदस्य निर्वाचनदेखि २०७४ को संघिय निर्वाचन र अहिले पनि प्रतिस्पर्धी ।


    दोश्रो पटक सम्पन्न २०७० को संबिधानसभा निर्वाचनमा कांग्रेसतर्फका उम्मेदवार थापा बिजयी हुनुभयो । त्यसपछिको २०७४ सालको संधिय निर्वाचनमा गठबन्धन सहित नेकपा एमालेका मरासीनी निर्वाचित हुनुभयो । दुई संघीय निर्वाचन क्षेत्र रहेको क्षेत्र नं. १ मा स्वतन्त्र सहित १२ जना चुनावी प्रतिस्पर्धामा थिए ।


    को हुन थापा ?


    करिब ४४ बर्षिय थापा नेपाली कांग्रेस स्याङ्जाका जिल्ला सभापति हो । पुतलीबजार नगरपालिका ४ रामकोशमा जन्मेका उनी बिद्यालय तहदेखि नेपाल बिद्यार्थी संघमा आवद्ध हुनुभयो । पुतलीबजार नगरपालिका ३ स्थित काजिमान हरिटिकाबाट एसएलसी उत्तीर्णपछि उनी होटल ब्यवस्थापन सम्बन्धी अध्ययनका लागि मलेशियाको क्वालालाम्पुरमा पुग्नुभयोे । कलेज कस्तुरीमा अध्ययन
    गर्नुभयो ।


    सोही कलेजमा अध्ययन सकेर नेपाल फर्कनु भएका उहा निर्माण ब्यवसायी हुदै राजनीतिमा क्रियाशिल हुनुभयो । युवापंक्तिबीच लोकप्रिय उनी सबै बर्गका लागि उत्तिकै सहयोगी मानिनुहुन्छ । ६० को दशकदेखि राजनीतिमा लाग्नु भएका उहा नेपाल बिद्यार्थी संघको ईकाई सभापति, तरुण दलको जिल्ला हुदै केन्द्रिय बिभागमा काम गर्दै, नेपाली कांग्रेसको महासमिति सदस्य हुदै बर्तमान जिल्ला सभापति पनि हो ।


    लालकिल्लाका रुपमा रहेको स्याङ्जा क्षेत्र नं. १ लाई झण्डै २० पछि २०७० सालमा भएको दोश्रो पटकको संबिधानसभा निर्वाचन जितेर कांग्रेस किल्ला बनाउन सफल रहनुभयो ।

    संबिधानसभा सदस्य, जिल्ला सभापतिसंगै अहिले बिद्यायकको जिम्मेवारी स्याङ्जा क्षेत्र नं. १ बासीले उनै थापालाई दिएका छन्।
    निर्वाचित भएसंगै स्याङ्जाको विकासकालागि सबै राजनीतिक दलसंग सहकार्य गर्दे अघि बढ्ने र बर्तमान आवश्यकता र परिवेश सुहाउदो निती निर्माणमा आफनो ध्यान रहने बताउनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.