स्याङ्जा, ७ मंसिर । नेपाली काग्रेस स्याङ्जाको प्रतिनिधीसभा क्षेत्र अन्र्तगतको निर्वाचनमा तुलसीराम रेग्मी र दिलिपप्रताप खाँण क्षेत्रीय सभापतिमा बिजयी हुनुभएको छ । दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा १ मा रेग्मी र २ खाँण बिजयी हुनुभएको हो ।
दुई समूहबीच भएको क्षेत्रीय समितिको प्रतिस्पर्धामा दुबैतर्फ आ आफना प्यानल सहित विजयी भएका हुन। रेग्मीले ओमबहादुर भट्ट केसीलाई ३१५ मतान्तरले जितेका छन्। उनका सचिवमा मनोज मल्ल र सूर्यप्रसाद शर्मा सहित सहसचिवमा धु्रव शर्मा र पशुपति पोखरेल बिजयी भए।
खाँणका प्रतिस्पर्धी धु्रव शर्मा पंगेनीलाई ४५९ मतान्तरले जितेका हुन। उनका सचिवमा फणीनारायण रेग्मी (दिपक) र यादवप्रसाद पाण्डे (सुन्दर) सहित सहसचिवमा प्रमोद पोखरेल र राजेश डुम्रे निर्वाचित हुनुभएको भएको निर्वाचन समितिले जनाएको छ।
र, क्षेत्र नं. १ को क्षेत्रीय अधिवेशन संघीय महाधिवेशन प्रतिनिधि खुलातर्फ राजु थापा, अजित क्षेत्री, तुलसी गिरी, गोबिन्द रानाभाट, भरतप्रसाद लम्साल, डोलबहादुर खडका, प्रेमराज पौडेल, इन्द्रबहादुर रिजाल, भूमिबहादुर गुरुङ् (विश्व) र श्रीराम उपाध्याय निर्वाचित भए।
खस आर्यतर्फ कृष्णप्रसाद अर्याल, गोपालप्रसाद ढकाल र शक्तिचन्द्र अधिकारी , महिला खुल्लातर्फ देवी अर्याल, तारा मल्ल, बन्दना लम्साल, लेखमाया पौडेल र खस आर्य महिलातर्फ सीता गोदार र लक्ष्मी केसी निर्वाचित भएका हुन।
दलिततर्फ अमृत बिक, आदिवासी जनजातितर्फ अनुप श्रेष्ठ र देवेन्द्र गुरुङ, आदिवासी जनजाति महिलातर्फ धनकुमारी थापा, अल्पसंख्यकतर्फ शाह मोहम्मद मिया निर्वाचित भए।
यसैगरी, क्षेत्र नं. २ क्षेत्रीय अधिवेशन संघीय महाधिवेशन प्रतिनिधि खुलातर्फ भागवतप्रकाश मल्ल, बिष्णु पौडेल, गुरुप्रसाद भट्टराई, अर्जुनप्रकाश अर्याल, युवराज पाण्डे, शिवकुमार गिरी, लक्ष्मीप्रसाद रेग्मी, महेन्द्र श्रेष्ठ, छायाराम खनाल, जलेश्वर पाण्डे बिजयी भएका हुन।
खुल्ला महिलातर्फ कल्पना तिवारी, कबिता तिवारी, सरस्वती अर्याल, खगीसरा भण्डारी र खस आर्य पुरुषतर्फ रामचन्द्र पंगेनी, लक्ष्मीकान्त रेग्मी र महिलातर्फ सुनिता उच्चै ठकुरी र गायत्री आचार्य निर्वाचित भए।
यस्तै, समावेशी जनजाती पुरुषतर्फ चन्द्र राना, यादवकुमार श्रेष्ठ, महिलातर्फ विमला श्रेष्ठ र माया राना, दलित पुरुषतर्फ लिलबहादुर रनपाल र महिलातर्फ तुलसी नेपाली निर्वाचित भएको जिल्ला निर्वाचन अधिकृत अधिवक्ता रामचन्द्र गौतम (आरसी) ले जानकारी दिनुभयो ।
Thursday, November 13
Trending
- प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी
- चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन
- कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया
- संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा
- अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण
- चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु
- राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल
- महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा साहित्य उत्सव
