स्याङ्जा, २ भदौ । स्याङ्जामा जिल्ला स्तरीय भलिवल रेफ्री तालिम सुरु भएको छ। यहाँका खेलाडीलाई भलिवल खेल सम्बन्धी पूर्ण जानकार गराउने उदेश्यले प्रशिक्षण तालिम गरिएको हो।
जिल्ला भलिवल संघ र जिल्ला भलिवल रेफ्री कमिशन स्याङ्जाको आयोजनामा ४ दिने भलिवल रेफ्री प्रशिक्षण संचालन गरिएको हो।
जिल्ला भलिवल संघ र जिल्ला भलिवल रेफ्री कमिशन स्याङ्जाको आयोजनामा ४ दिने भलिवल रेफ्री प्रशिक्षणको उदघाटन गर्दै गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ्ले नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ठ नतिजा ल्याउन सुझाव दिनुभयो ।
असोज २८ देखि गण्डकी प्रदेशमा सुरु हुने सो प्रतियोगितामा समावेश ३६ वटा खेलमध्ये केही खेलहरु कास्की वाहेकका जिल्लामा पनि गर्न सकिगरिने उहाले बताउनुभयो। धेरै बर्षपछि पोखरामा प्रतियोगिता संचालन गर्न पाएको अवसरलाई उपयोग गर्न समेत उहाको सुझाव छ।
प्रतियोगितालाई लक्षित गर्दै पहाडी तथा हिमाली भेगमा खेलाडीलाई प्रशिक्षित गराउनेगरी प्रदेश सरकारले तयारी सुरु गरिसकेको उहाले जनाउनुभयो ।
मन्त्री गुरुङ्ले भने, ‘प्रदेश अन्र्तगतका ११ वटै जिल्लामा खेल मैदान, खेलाडीलाई भुगोल सुहाउँदो खेलमा प्रशिक्षण, रोजगारयुक्त खेलमा जोड, अपांगता भएका ब्यक्तिलाई समेत खेलमा सहभागी गराउनेगरी योजना अघि बनाएका छौं।’
कार्यक्रममा प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङ्, प्रमुख जिल्ला अधिकारी राजु पौडेल, नेपाल भलिवल संघका रेफ्री एवं प्रशिक्षक गौतमराज लासिग, जिल्ला भलिवल संघ स्याङ्जाका अध्यक्ष वीरेन्द्र खड्का, प्रशिक्षार्थी अशोककुमार थापा लगायतले सबै जिल्ला र तहमा सहज रुपमा खेलाउन सकिने भलिवल भएकाले यस खेल सम्बन्धमा खेलाडी तथा रेफ्रीलाइ आ आफना जिम्मेवारी र कर्तब्य बुझाउनका लागि यस्ता प्रशिक्षण आवश्यक रहेनमा जोड दिनुभयो ।
सहभागी वक्ताले तालिममा सिकेको सीपलाई ब्यवहारमा उतारी अनुसासनमा रही खेलकूदका कर्ममा जुट्न समेत सुझाव दिनुभयो।
रेफ्री कमिशन तथा कार्यक्रम संयोजक संयोजक अनिल रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कमिशनका सदस्य डीलबहादुर रानाले स्वागत एवं महासचिव राजेन्द्र शर्मा अर्यालले संचालन गर्नुभएको
थियो ।
प्रशिक्षण कार्यक्रममा तनहुँ, पर्वत र स्याङ्जाका गरी झण्डै एक सय जना सहभागी छन्। चार गतेसम्म संचालित तालिममा नेपाल भलिवल संघका रेफ्री एवं प्रशिक्षक गौतमराज लासिगले प्रशिक्षण ििदनुहुनेछ ।
Friday, January 31
Trending
- लागु औषध सहित १९ बर्षिय सेन्चुरी पक्राउ
- पुतलीबजारका एक हजार ७२० लाई एचपिभी खोप लगाइदै
- पुतलीबजारले एक सय २० वटा हाते टयाक्टर बितरण
- गल्याङमा मगर भाषा अर्थात अक्खा लिपि प्रशिक्षण
- पञ्चकन्या मन्दिर स्थित नवग्रह मन्दिर ब्यवस्थापन समिति अध्यक्षमा भरत
- सुरक्षा परिषद प्रताव नं. १३२५ र १८२० का बारे स्याङ्जामा अन्तर्रक्रिया
- पूर्व शिक्षामन्त्री मेखलाल श्रेष्ठद्धारा बिद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
- भूमि समस्या समाधान आयोग स्याङ्जाका अध्यक्ष तारा शर्माद्धारा पद बहाली