Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, May 9
    Trending
    • चापाकोटमा ४८ घण्टे मेलमिलाप सम्बन्धि आधारभुत तालिम सप्पन्न
    • चापाकोट पूर्ण खोप सुनिश्चित पालिका घोषणा
    • वडा नं. १० का महिलालाई मादल बजाउन सिकाउने तालिम
    • पालिका स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी तिलोत्तमालाई
    • आगलागीबाट पुतलीबजारमा एक घर र वालिङमा एक उद्योग जलेर पूर्णक्षति
    • स्वतन्त्रता दिवसमा स्याङ्जामा पत्रकारको स्वास्थ्य परिक्षण
    • आफैंले पालेको गोरु काटेको आरोपमा गुरुङ् पक्राउ
    • अन्तराष्ट्रिय श्रमिक दिवसमा विपन्न परिवारलाई खाद्यान्न सहयोग
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जामा १५ दिन स्मार्ट लकडाउन
    समाचार

    स्याङ्जामा १५ दिन स्मार्ट लकडाउन

    Syangja SandeshBy Syangja SandeshSeptember 10, 2021Updated:September 10, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, २५ भदौ । स्याङ्जामा निषेधाज्ञाको स्वरुप परिवर्तन गर्दै स्मार्ट लकडाउन गरिएको छ । प्रशासन कार्यालय स्याङ्जाले सूचना जारी गर्दै स्मार्ट लकडाउनको स्वरुप परिवर्तन गर्दे शुक्रवार (आज) देखि असोज १० गते सम्म लम्ब्याइएको हो ।

    पछिल्लो समय कोरोना संक्रमणको जोखिम जिल्लामा कम हुँदै गएकाले स्मार्ट लकडाउन सम्वन्धी कार्यविधि २०७८ बमोजिम आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल जानकारी दिनुभयो । स्मार्ट लकडाउनमा अव भौतिक रुपमा नै बिद्यालय सञ्चालन गर्न सकिने भएको छ । मापदण्ड पुरा नगरी बिद्यालय सञ्चालन भएमा अनुगमन गरी कारवाही गर्न स्थानिय तहलाई आग्रह समेत गरिएको छ । जिल्लाको जोखिम विश्लेषणको आधारमा जिल्लामा कोभिड–१९ संक्रमणको दर घट्दै गएतापनि संक्रमणको जोखिम कायमै रहेको जनाउदै रोकथाम तथा नियन्त्रणको लागि डिसिसिएमसी तथा जिल्ला सुरक्षा समितिको शुक्रवारको बैठकले स्मार्ट लकडाउन गर्ने निर्णय गरेको हो ।

    स्मार्ट लकडाउनमा पनि अनावश्यक रुपमा मानिसहरु जम्मा हुने, भिडभाड गर्ने, सभा जुलुस, मेला महोत्सव नगर्ने÷नगराउने, संक्रमणको जोखिम उच्च भएका स्थानमा भौतिक उपस्थितिमा विद्यालय संचालन गर्न नपाइने, संक्रमणको जोखिम नभएको वा न्यून भएको स्थानमा कोभिड–१९ संक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउन सम्वन्धी कार्यविधि २०७८, कोभिड महामारीको अवस्थामा हुन सक्ने निषेधाज्ञाको प्रकृति अनुरुप शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्वन्धित कृयाकलापहरुको कार्यान्वयन सम्वन्धी कार्ययोजना तथा विद्यालय संचालन सम्वन्धी कार्यढाँचा २०७७ बमोजिम विश्लेषण गरी जिल्ला कोभिड व्यवस्थापन समितिसँग समन्वय गरी स्थानीय तहले विद्यालय संचालनको निर्णय लिन सक्नेछ ।

    यसैगरी, भौतिक उपस्थितिमा विद्यालय सञ्चालन भएका स्थानीय तहहरुले विद्यालय सञ्चालनको नियमित रुपमा अनुगमन गरी स्वास्थ्य मापदण्डको पूर्ण परिपालना हुने वातावरणको सिर्जना गर्ने र कुनै विद्यालयले स्वास्थ्य मापदण्डको पालना नगरेको पाईएमा विद्यालय प्रशासन र व्यवस्थापनलाई स्वयं जिम्मेवार बनाई स्थानीय तहले आवश्यक कार्वाहीको लागि सिफारिस गर्ने । यस अवधिमा पर्ने चाडपर्वहरु स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी न्यूनतम सहभागितामा सांकेतिक रुपमा मात्र मनाउन पाइने, सर्वसाधारण व्यक्ति, समूह तथा संस्था लगायतका निकायहरुबाट आर्थिक, सामाजिक तथा व्यवसायिक गतिविधिहरु संचालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालन गरेर मात्र गर्न पाउने उल्लेख छ । जिल्लामा गत वैशाख २१ गते देखि पटक पटकगरी निषेधाज्ञा जारी छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    चापाकोटमा ४८ घण्टे मेलमिलाप सम्बन्धि आधारभुत तालिम सप्पन्न

    May 8, 2025

    चापाकोट पूर्ण खोप सुनिश्चित पालिका घोषणा

    May 8, 2025

    वडा नं. १० का महिलालाई मादल बजाउन सिकाउने तालिम

    May 8, 2025

    पालिका स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी तिलोत्तमालाई

    May 8, 2025

    आगलागीबाट पुतलीबजारमा एक घर र वालिङमा एक उद्योग जलेर पूर्णक्षति

    May 4, 2025

    स्वतन्त्रता दिवसमा स्याङ्जामा पत्रकारको स्वास्थ्य परिक्षण

    May 4, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    चापाकोटमा ४८ घण्टे मेलमिलाप सम्बन्धि आधारभुत तालिम सप्पन्न

    May 8, 2025

    चापाकोट पूर्ण खोप सुनिश्चित पालिका घोषणा

    May 8, 2025

    वडा नं. १० का महिलालाई मादल बजाउन सिकाउने तालिम

    May 8, 2025

    पालिका स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी तिलोत्तमालाई

    May 8, 2025

    आगलागीबाट पुतलीबजारमा एक घर र वालिङमा एक उद्योग जलेर पूर्णक्षति

    May 4, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    चापाकोटमा ४८ घण्टे मेलमिलाप सम्बन्धि आधारभुत तालिम सप्पन्न

    May 8, 2025

    चापाकोट पूर्ण खोप सुनिश्चित पालिका घोषणा

    May 8, 2025

    वडा नं. १० का महिलालाई मादल बजाउन सिकाउने तालिम

    May 8, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.