स्याङ्जा २२ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा स्याङ्जाका २ जना छात्रले सर्वोत्कृष्ठ नतिजा ल्याएका छन्। सर्वोत्कृष्ट नतिजा ४ जीपीए ल्याउने दुबै छात्र निजी बिद्यालयका हुन् ।
वालिङ् नगरपालिका ९ स्थित पिसजोन एकेडेमीका संगीत भुषाल र गल्याङ् नगरपालिका ३ स्थित चिराग अंग्रेजी माध्यमिक बिद्यालयका उमेश चापागाईले ४÷४ जीपीए ल्याएको शिक्षा विकास तथा समन्वय अधिकारी विश्वराज आचार्यले जानकारी दिनुभयो ।
समन्वय अधिकारीका अनुसार, स्याङ्जामा ३.६ देखि ४ जीपीए ल्याउने १३५ जना, ३.२ देखि ३.६ ल्याउने ३७५ जना, २.८ देखि ३.२ जीपीए ल्याउने ६९७ जना, २.४ देखि २.८ जीपीए ल्याउने १ हजार २६ जना बिद्यार्थी छन ्।
यसैगरी, २ देखि २.४ ल्याउने १ हजार ११८ जना, १.६ देखि २ जीपीए ल्याउने ७८७ जना, १.२ देखि १.६ ल्याउने २९० जना, दशमलब ८ देखि १. २ ल्याउने १२ जना बिद्यार्थी छन ्।
जिल्लाभर प्राबिधिकतर्फ १ सय ५३ जना र अन्यतर्फ ४ हजार २ सय ७८ जनागरी ४ हजार ५०९ जनाले परिक्षा दिएका थिए। ती मध्ये ६९ जना अनुपस्थित रहे ।
ण्द्धघण्घठछड म् सिम्बोल नम्बरका संगीत भुषाल र ण्द्धघण्द्दघज्ञड त् सिम्बोल नम्बरका उमेश चापागाईं दुबैजना अध्ययनका अतिरिक्त अन्य क्रियाकलापहरुमा समेत अब्बल रहेका पिसजोनका प्रिन्सिपल यामप्रसाद डुम्रे र चिरागका प्रिन्सिपल टेकबहादुर खत्रीले बताउनुभयो ।
स्याङ्जामा सामुदायिकतर्फ १३३ र संस्थागतर्फ ३६ बिद्यालयबााट परिक्षामा सहभागी थिए ।