स्याङ्जा ११ बैशाख । आज शंकराचार्य जन्मजयन्ती। स्याङ्जामा पनि शंकराचार्यका योगदानको स्मरण गर्दै मनाइएको छ। वैशाख शुक्लपक्ष पञ्चमी शंकराचार्यको जन्मजयन्ती हो।
पुतलीबजार नगरपालिका वडा नं. १४ खोरबार स्थित गिरी कुल मन्दिर परिसरमा निमार्धाधिन आद्यजगतगुरु शंकराचार्यको जन्मजयन्ती मनाइएको हो। गिरी जातीले आफुहरुलाई शंकराचार्यको अनुयायी मान्दै पुज्दै आएका छन्।
कार्यक्रममा बोल्दै अधिवक्ता तुलसी गिरीले भन्नुभयो, ‘आद्यजगतगुरु शंकराचार्य महान दार्शनिक एवं धर्मप्रवर्तक हुनुहुन्थ्यो। सनातन धर्मका विविध विचारधारालाई एकीकरण गर्दे उपनिषद र वेदांतसूत्र लेख्नुका साथै भारतको चार कुनामा चार मठको स्थापना गर्नुभयो। जुन आजसम्म अत्यन्तै उपयोगी र महत्वपूर्ण छन्।’ शंकराचार्यद्वारा सनातन धर्म स्थापनामा अतुल्य योगदान रहेको उहाले बताउनुभयो ।
कार्यक्रममा कुल मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण गिरी, साहित्यकार चिन्तु गिरी, स्थानीय समाजसेवी विेश्वेरप्रसाद गिरी, चन्द्रप्रसाद भण्डारी, शालिकराम लम्साल, कृष्ण लम्साल, हरिप्रसाद गिरी, गौतम गिरी, खेमराज गिरी, माधव गिरी, गोविन्द गिरी, चेतनाथ गिरी, दोलनाथ गिरी, श्रीकृष्ण गिरी लगायतले शंकराचार्यको योगदानको चर्चा गर्नुभएको थियो ।
सानै उमेरदेखि तीक्ष्ण बुद्धिको उहाले ८ वर्षको उमेरमा नै चारै वेदमा कण्ठ पारिसकेको भनाई छ। दश वर्षमा सनातन हिन्दु धर्मको समन्वय र पुनरुत्थान गर्ने संकल्प लिएर देशव्यापी भ्रमण सुरु गरेर सनातन मतावलम्बीहरूलाई एकता सूत्रमा बाँड्न सफल भएको बक्ताहरुका भनाई छन्।
उनीहरुका अनुसार शंकराचार्यका गुरु–शिष्य परम्पराको इतिहास मठहरूमा अझै सुरक्षित छन्। शंकराचार्यका भक्त यहाँका गिरी जातीले आफना कुल मन्दिर परिसरमा आद्यजगतगुरु शंकराचार्यको मन्दिर निर्माणमा जुटेका छन्।