स्याङ्जा २८ असोज । क्षत्री समाज नेपाल स्याङ्जाले आज आइतवार क्षत्री दिवस मनाएको छ । समाजले प्रत्येक बर्ष घटस्थापनाका दिनलाई क्षत्री दिवसका रुपमा मनाउदै आएको छ ।
भीरकोट नगरपालिकामा आयोजित कार्यक्रमको उदघाटन गर्दै समाज जिल्ला अध्यक्ष भक्तबहादुर केसीले समाजका हक, हित र अधिकारका लागि सबै क्षत्रीहरु एकजुट हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा केन्दिय सदस्य इन्दिरा केसी, गण्डकी प्रदेश उपाध्यक्ष सीता गोदार, प्रदेश कोषाध्यक्ष प्रेमबहादुर केसी, जिल्ला सदस्य भूमिजंग केसी, भीरकोट नगर प्रवक्ता दिपेन्द्र केसी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
भीरकोट अध्यक्ष क्षेत्रबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव मिनबहादुर अधिकारीले गर्नुभएको थियो ।