स्याङ्जा २० पुस । स्याङ्जाका नबआगन्तुक प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले पत्रकार जगत आवाज विहीनका आवाज भएको बताउनुभएको छ ।
सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी नेपालले जिल्ला स्थित पत्रकारसंगको परिचयात्मक कार्यक्रमको आयोजना गर्दै प्रजिअ नेपालले सूचनाका माध्यमका रुपमा पत्रकार जगत रहेको बताउनुभयो ।
समग्र जिल्लाका शान्ति, सुरक्षा र सामाजिक सदभाव कायम राख्ने लगायतका बिषयमा पत्रकारसंग सहकार्य गर्दै अघि बढ्नेमा जोड उहाले जोड दिनुभयो । उहाले भन्नुभयो, ‘पत्रकारिता जगत सूचनाका माध्यम हुन, हाम्रा सरोकारका बिषयमा समयमै खबर पाउन सकियो भने जसबाट तपाई हामी सबै जिल्लाबासी नै लाभान्वित हुनेछैं।’
पत्रकारका जिज्ञासालाई सम्बोधन गर्दै प्रजिअ नेपालले जिल्लाको शान्ति, सुरक्षा सुब्यवस्था कायम राख्ने, राजमार्गमा गुड्ने सवारी साधनको नियमित चेकजाँच परिक्षण, नियमित बजार अनुगमन, साइवर अपराध लगायत सहकारी अनियमितता नियन्त्रण, विपद ब्यवस्थान लगायतका कामलाई आफु र मातहतका निकायसंग छलफल गर्दे छिटै सुरुवात गर्ने जनाउनुभयो ।
अघिल्लो साता, गृह मन्त्रालयले प्रजिअ शशिधर घिमिरेलाई गृहमन्त्रालयमा सरुवा गरी सिन्धुलीमा कार्यरत प्रजिअ नेपाललाई स्याङ्जा पठाइएको छ । सहसचिव पदका प्रजिअ नेपालको निजामति सेवामा १९ बर्षे अनुभव छ । उहाँ स्याङ्जामा आएसंगै स्याङ्जाले दोश्रो पटक प्रजिअमा महिला पाएको छ । यसअघि इन्दु घिमिरे आउनु भएको थियो ।