स्याङ्जा, जेठ २५ । स्याङ्जामा आउँदो जेठ ३१ सम्मका लागि निषेधाज्ञा बढाईएको छ । जेठ २५ गते मध्यरातसम्मका लागि जारी गरिएको निशेधाज्ञालाई बढाएर जेठ मसान्तसम्म पुर्याईएकोे हा े।
सो अवधीमा राजश्व संकलन, विपद् व्यवस्थापन र सरकारी कामकाजका लागि एटीएम बाहेक बैंकिङ्ग सेवा समेत पूर्ण रुपमा बन्द गरिने भएको छ । थप निषेधाज्ञालाई कडाईका साथ लागु गरिने प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभयो ।
औषधीजन्य सामग्री बाहेक खाद्यान्नजन्य सामग्री खरिदका लागि बिहान ५ बजेदेखि ९ बजेसम्म मात्रै खुल्ला राखिने निर्णय भएको छ। अत्यावश्यक काममा बाहेक घरबाट ननिस्कन समेत प्रशासनको आग्रह छ ।
स्याङ्जामा कोरोना संक्रमण दर बढेसँगै निषेधाज्ञाको समय थप गरिएको हो । कोरोनाको दोस्रो लहर चलसँगै जिल्लामा हालसम्म ९३ ज्यान गुमाएका छन भने दुई हजार छ सय ६३ जना संक्रमित मध्य एक हजार दुई सय ९३ सक्रिय संक्रमित रहेका छन् । योसंगै जिल्लामा चौथो पटक निषेधाज्ञा थप भएको हा े।
Tuesday, September 16
Trending
- बाबुको तिथिमा कारागारलाई सहयोग
- स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
- बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
- हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा
- नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ
- स्याङ्जा अदालतले हाल अत्यावश्यक सेवा मात्र दिने
- संबिधानको रक्षा गर भन्दै युवा संघ स्याङ्जाको प्रर्दशन
- नेपालमा भएको जेन जी आन्दोलन र अहिलेको परिदृष्य