Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, December 2
    Trending
    • भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने
    • पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान
    • त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी
    • गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम
    • भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम
    • वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु
    • मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह
    • एमाले स्याङ्जाको महाधिवेशन प्रतिनिधि छनोैट सर्बसम्मत
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जामा आन्तरिक शान्ति एवं पारिवारिक सुखका लागि ५ दिने राजयोग मेडिटेशन सम्पन्न
    पुतलीबजार नगरपालिका

    स्याङ्जामा आन्तरिक शान्ति एवं पारिवारिक सुखका लागि ५ दिने राजयोग मेडिटेशन सम्पन्न

    ब्रम्हकुमारी ईश्वरीय विश्वबिद्यालय प्रगतीनगर शाखा स्याङ्जाले ५ दिने राजयोग मेडिटेशन प्रशिक्षण सम्पन्न गरेको छ ।
    Syangja SandeshBy Syangja SandeshJune 11, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २९ जेठ । ब्रम्हकुमारी ईश्वरीय विश्वबिद्यालय प्रगतीनगर शाखा स्याङ्जाले ५ दिने राजयोग मेडिटेशन प्रशिक्षण सम्पन्न गरेको छ ।

    पुतलीबजार नगरपालिका १ स्थित सिटीहलमा दैनीक ३ चरणमा आन्तरिक शान्ति एवं पारिवारिक सुखका लागि राजयोग प्रशिक्षण गरेको हो ।

    प्रशिक्षणलाई समापन गर्दै वडा नं. १ का अध्यक्ष उत्तमप्रसाद श्रेष्ठले मानवीय जीवनका मूल्य, मान्यता र असल जीवन जीउने कला पत्ता लगाउन प्रशिक्षणको आवश्यकता रहने बताउनुभयो । योगा तथा मेडिटेशनले सत्कर्म, सहकार्य र सकारात्मक कार्यमा उत्प्रेरित गर्ने जनाउदै उनले जति नै ब्यस्त भए पनि योग÷ध्यान÷मेडिटेशनका लागि केही समय छुट्टयाउन आग्रह गर्नुभयोे ।

    ब्रम्हकुमारी इश्वरीय विश्वबिद्यालय कुस्माका प्रमुख एवं ब्रम्हकुमारी राधिका दिदी, कास्की लब्ली हिलका प्रमुख एवं ब्रम्हकुमारी सुधा दिदी, पत्रकार महासंघका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, समाजसेवी ख्यामनारायण शर्मा र नरबहादुर केसी लगायतले प्रशिक्षणले सकारात्मक प्रभाव प्रभाव परेको जनाउदै प्रशिक्षणमा सिकेका कुरालाई ब्यबहारमा लागु गर्नु पर्नेमा जोड दिनुभयो ।

    वरिष्ठ राजयोग प्रशिक्षक ब्रम्हकुमार राजु घलेले प्रशिक्षण दिएका थिए । घर गृहस्थमा रहेर सुख, शान्ति प्राप्तिका बिधि, दुख समस्या समाधान र आध्यात्मिक बिषयमा समेत प्रशिक्षण दिनुभएको थियो ।

    ब्रम्हकुमारी इश्वरीय विश्वबिद्यालय प्रगतीनगर शाखा स्याङ्जाका प्रमुख एवं ब्रम्हकुमारी अम्बिका दिदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ब्रम्हकुमार नेत्रप्रसाद पौडेलले स्वागत एवं ब्रम्हकुमारी लक्ष्मीले संचालन गर्नुभएको थियो

    सोही अवसरमा ५ दिने मेडिटेशन प्रशिक्षणका बारेमा सहभागी फत्तबहादुर थापा, विश्वनाथ पौडेल, सन्तोषी थापा, शारदा शर्मा, ज्ञानु विक लगायतले आ आफना अनुभव सहित प्रशिक्षणले आफुहरुमा सकारात्मक प्रभाव पार्न सफल भएको जनाउदै पुनः यस्ता प्रशिक्षण आवश्यक रहेकोमा जोड दिनुभएको छ ।
    जेठ २५ गतेदेखि २९ गतेसम्म बिहान, मध्यान्ह र साँझगरी ३ सत्रमा झण्डै ४ हजार ५ सय जनाले प्रशिक्षण लिएका छन ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025

    वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु

    December 2, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.