स्याङ्जा ९ कात्तिक । मंसिर ४ मा सम्पन्नभएको स्याङजाको निर्वाचन क्षेत्र न. १ कोे प्रदेशसभा २ मा नेकपा एमालेका सुधिरकुमार पौडेल निर्वाचित हुनुभएको छ । पौडेलले १७ हजार ४४१ मत ल्याई निर्वाचित हुनु भएको हो ।
उहाले लोकतान्त्रिक बामगठबन्धनतर्फ (नेपाली कांग्रेसका्र) उम्मेदवार बुद्धिबहादुर राना (कुमार) भन्दा ६ मत बढी ल्याएर निर्वाचित हुनुभएको हो । रानाको १७ हजार ४३५ मत छ।
जीतसंगै पौडेलले संसद छिर्ने पहिलो अवसर पाउनु भएको छ । उहाँ आधीखोला गाउँपालिकाका पूर्वअध्यक्ष र नेकपा एमाले जिल्ला कमिटका पूर्वसचिव पनि हो ।
क्षेत्र नें १ अन्र्तगतका पुतलीबजारका केही वडा, अर्जुनचौपारी, आधीखोला र फेदिखोला गाउपालिकाका २३ वडा पर्दछन्।