Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, December 3
    Trending
    • ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’
    • भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने
    • पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान
    • त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी
    • गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम
    • भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम
    • वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु
    • मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जाका १० हजार बालबालिकालाई आइपिभी खोप लगाइने
    पुतलीबजार नगरपालिका

    स्याङ्जाका १० हजार बालबालिकालाई आइपिभी खोप लगाइने

    स्याङ्जामा यस वर्ष १० हजार ९३ जना बालबालिकाका लागि यहि जेठ १३ गतेदेखि २६ गतेसम्म आइपिभी खोप लगाइने भएको छ । आइपिभी खोप अभियान
    Syangja SandeshBy Syangja SandeshMay 21, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ८ जेठ । स्याङ्जामा यस वर्ष १० हजार ९३ जना बालबालिकाका लागि यहि जेठ १३ गतेदेखि २६ गतेसम्म आइपिभी खोप लगाइने भएको छ ।

    आइपिभी खोप अभियान सञ्चालन भएसङ्गै २०७३ साल वैशाखदेखि २०७५ असोज महिनासम्म जन्मिएर पोलियो रोग विरुद्धको खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ ।

    जिल्लाका ११ वटै स्थानीय तहमा आइपिभी खोप सञ्चालनका लागि स्वास्थ्य कार्यालय स्याङ्जाले आवश्यक तयारी थालेको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख जनस्वास्थ्य प्रशासक केशव प्रसाद चापागाईंले जानकारी दिनुभयो ।

    बालबालिकालाई आइपिभी खोपबाट बन्चित नहोउन् भन्ने उद्देश्यका साथ ४ सय ५० भन्दा बढी स्थानमा स्वास्थ्यकर्मी तथा स्वयंसेवक खटाइने कार्यालय प्रमुख चापागाईंले बताउनुभयो । स्वास्थ्यकर्मीहरुले विद्यालय, स्वास्थ्यचौकी तथा बालबालिकाको पहुँच पुग्ने ठाउँमा पुगेर खोप लगाउने उहाको भनाइ थियो ।

    आइपिभी खोप अभियान सम्बन्धि स्वास्थ्य कार्यालय स्याङ्जाको सभाहलमा आयोजित जिल्ला खोप समन्वय समिती तथा संचारकर्मीहरुका लागि अभिमुखिकरण कार्यक्रममा जिल्लाका सम्पुर्ण स्थानीय तह, अस्पताल, स्वास्थ्यचौकीसङ सहकार्य गरि खोप अभियानलाई प्रभावकारी बनाइने खोप कार्यक्रम संयोजक मनिष कुमार महतोले बताउनुभयो ।

    नेपालभर यस वर्ष १४ लाख ६२ हजार सात सय १२ जना बालबालिकालाई पोलियो निवारण गर्ने उद्देश्य पूरा गर्नका लागि आइपिभी खोप अभियान सञ्चालन गरिएको बताउँदै स्याङ्जामा पनि सबै बालबालिकालाई खोप लगाउने तयारी रहेको स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ ।

    कार्यक्रममा जिल्ला समन्वय समिति स्याङ्जाका उपप्रमुख खड्कराज सुवेदी, पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा जिल्ला खोप समन्वय समितिका पदाधिकारी र स्याङ्जाका क्रियाशिल संचारकर्मीहरुको सहभागिता थियो । जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख एवं खोप समन्वय समितिका अध्यक्ष श्रीप्रसाद जिटीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण खोप कार्यक्रम संयोजक मनिष कुमार महतोले गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.