Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, June 9
    Trending
    • आजदेखि ट्राफिक सप्ताह सुरु
    • पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल
    • इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै
    • भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्थानीय तहको अध्ययन गर्न प्रशिक्षार्थी अघिकृतहरु पुतलीबजारमा
    पुतलीबजार नगरपालिका

    स्थानीय तहको अध्ययन गर्न प्रशिक्षार्थी अघिकृतहरु पुतलीबजारमा

    Syangja SandeshBy Syangja SandeshApril 7, 2023Updated:April 7, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २४ चैत । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) का प्रशिक्षार्थी अधिकृतको समूह र पुतलीबजार नगरपालिकाका प्रमुख लगायत कर्मचारीबीच सेवाप्रवाह सम्बन्धी जानकारी आदान प्रदान भएको छ ।


    ३६ औं आवासिय प्रशासन प्रशिक्षण अन्र्तग रारा समूहले नगरपालिकामा अन्र्तक्रिया गरेको हो ।


    नवनियुक्त अधिकृतलाई प्रशासनिक क्षमता बृद्धिगरी योग्य राष्ट्रसेवक बनाउने उदेश्यले जिल्लाको अध्ययन अवलोकनका लागि स्याङ्जा आएका प्रशिक्षार्थी अधिकृतले स्थानीय पालिकाको सेवाप्रवाह, राजश्व संकलन, विकास निर्माण, धार्मिक, सांस्कृतिक, ऐतिहासिक, सामाजिक चालचलनका बारेमा जिज्ञासा गरेका थिए ।


    पुतलीबजार नगरप्रमुख प्रमुख तुलसीराम रेग्मीले नगरपालिकाको बस्तुस्थितीका बारेमा जानकारी गराउनुभयो । नगरपालिकाले हालसम्म गरेका विकास निर्माण, सामाजिक विकास, आर्थिक र राजश्वका बारेमा जानकारी गराउनुभयो ।

    ब्यवस्था परिवर्तन भए पनि ब्यक्तिका मानसिकतामा परिवर्तन हुन नसक्दा अपेक्षिक विकास हुन नसकेको बताउदै नवनियुक्त अधिकृतलाई नयाँ सोच र ढंगबाट अधि बढ्न सुझाव दिनुभयो ।


    नगरपालिकाले उपलब्ध गराउदै आएका सेवा सुबिधा, चुनौतीका बारेमा प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले जानकारी गराउनुभयो । प्रशासनिक सेवा प्रवाहका बारेमा जानकारी गराउनुभयो ।


    यसैगरी, बिषयगत शाखाका प्रमुख तथा प्रतिनिधिले पालिकाले गर्दे आएका उपलब्धीका बारेमा जानकारी गराए ।


    नेपाल सरकारद्धारा नवनियुक्त राजपत्राङ्कित तृतीय श्रेणीमा शिफारिस भएका टोली स्याङ्जा जिल्लाको अध्ययन अवलोकनका लागि आएको हो । यसअघि, सो टोलीले प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे सहित प्रशासन कार्यालयमा जानकारी लिएको थियो ।


    नेपाल सरकारका नवनियुक्त राजपत्राङ्कित तृतीय श्रेणीका २५ जनाको सो समूहमा ५ महिला सहित सबै जातीय तथा समुदायको प्रतिनिधित्व रहेको छ ।


    उहाँहरुले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) मा आवासिय आधारभूत प्रशासन सहित ब्यवस्थापन सम्बन्धी प्रशिक्षण लिइरहेका छन् । गएको फागुनको पहिलो सातादेखि सुरु भएको सो तालिम ६ महिनाको हुन्छ ।


    स्टाफ कलेका अध्ययन उपनिर्देशक ज्ञानलक्ष्मी श्रेष्ठ र प्रशिक्षण तथा अनुसन्धान अधिकृत कृष्णबहादुर थापाको संयोजनमा सो समूह स्याङ्जा आएको हो ।


    अधिकृत पदमा शिफारिस भएका नेपाल सरकारका कर्मचारीको क्षमता र दक्षता अभिबृद्धि गर्ने उदेश्यले स्थापित प्रतिष्ठान प्रशिक्षण प्रदायक सस्था हो ।

    सहभागी अधिकृत सबैलाई नगरप्रमुख रेग्मी र प्रमुख प्रशासकिय अधिकृत नागिलाले खादा र अविरको टिको लगायर स्वागत गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आजदेखि ट्राफिक सप्ताह सुरु

    June 8, 2025

    पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल

    June 8, 2025

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आजदेखि ट्राफिक सप्ताह सुरु

    June 8, 2025

    पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल

    June 8, 2025

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आजदेखि ट्राफिक सप्ताह सुरु

    June 8, 2025

    पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल

    June 8, 2025

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.