एजेन्सी, २७ जेठ । म्यानमारको सैन्य प्रशासनले अपदस्थ नेतृ आङ साङ सूची विरूद्ध सबैभन्दा गम्भीर भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
सैनिक प्रशासनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सुचीलाई घुसको रूपमा नगद र सुन लिएकाे आरोप लगाइएको जानकारी गराएको हो ।
यस आरोपमा सूची दोषी पाइएको खण्डमा १५ वर्ष जेल सजाय हुनसक्नेछ । यस बाहेक उहाँमाथि अवैध रूपले वाकी–टकी आयात गर्ने र सार्वजनिक अशान्ति पैदा गर्ने आरोपमा पनि मुद्दा दर्ता गरिएको छ ।
फेब्रुअरी १ मा सैन्य प्रशासनले कु गरेसँगै सूचीलाई पक्राउ गरिएको थियो । त्यसयता नजरबन्दमा भएकी सूची अदालतमा अत्यन्त कम देखिनुभएकाे छ ।