Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, August 25
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » सिद्धार्थ बिस्तार सम्बन्धी पुतलीबजारमा सार्वजनिक सुनुवाई
    पुतलीबजार नगरपालिका

    सिद्धार्थ बिस्तार सम्बन्धी पुतलीबजारमा सार्वजनिक सुनुवाई

    Syangja SandeshBy Syangja SandeshJanuary 24, 2023Updated:January 24, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङेजा १० माघ । सिद्धार्थ राजमार्ग अन्र्तगत बुटवल पोखरा सडकखण्डलाई दुई लेन सडकमा स्तरोन्नति गर्नका लागी वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन तयारीका लागी सार्वजानिक सुनुवाई कार्यक्रम गरिएको छ ।

    भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखाले पुतलीबजार नगरपालिका वडा नं. ११ स्थित करेन्डाडामा सार्वजनिक सुनुवाई गरेको हो । सुनुवाई कार्यक्रममा बोल्दै पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले दिर्घकालिन योजना अनुरुप अवको १०० बर्षका लागि पुग्नेगरी सडक बिस्तार गर्न सुझाव दिनुभयो । उहाले कम बिनासमा धेरै विकास हुनेगरी सडक निर्माण गर्नु पर्ने बताउदै खानेपानी, बनजंगल, जीवजन्तु लगायत वातावरणीय प्रभावका मूल्यांकन गर्दै उचित क्षतिपूर्ति उपलब्ध गराउनु पर्नेमा जोड दिनुभयो । राज्यसंग जग्गा किनेर घर बनाएका स्थानीयबासीलाई उचित क्षतिपूर्ति दिनु पर्ने उहाँको जोड थियो ।

    कार्यक्रममा कांग्रेस नगर सभपाति सुरजकुमार अधिकारी, नेकपा एमालेका सचिवालय सदस्य यादवराज शर्मा, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हिक्मत श्रेष्ठ, सिद्धार्थ राजमार्ग अन्र्तगतका वडा अध्यक्षहरु, स्थानीय बासीन्दा लगायतले आ आफना धारणा सहित सिद्धार्थ राजमार्ग बिस्तारका आवश्यकताका बारेमा जिज्ञासा एवं सुझाव दिनु भएको थियो । कार्यालयले बुटवलदेखि पोखरासम्मका पालिकाहरुमा वातावरणीय मुल्यांकनका प्रतिवेदन तयारीका लागी सार्वजानिक सुनुवाई गर्दै आएको छ । यसैक्रममा गल्याङ, वालिङ्, भीरकोट र हिजो स्याङ्जामा सार्वजनिक कार्यक्रम गरिएको हो । कार्यक्रममा सहभागिहरुले सिद्धार्थ राजमार्ग स्याङ्जालीको लागी जीवन भएको भन्दै राजमार्ग फराकिलो पार्नका लागी आ–आफ्नो स्थानबाट कटिवद्ध भएर लाग्ने बताएका छन् । पटक पटक राजमार्ग फराकिलो पार्ने विषयहरु मात्रै उठान गर्नुभन्दा छिटै राजमार्ग फराकिलो पारी स्याङ्जाको भविष्य सुनिश्चित गर्नुपर्नेमा सहभागिले जोड दिएका छन् । लुम्बिनी र पोखराको बीचमा रहेको स्याङ्जालाई पर्यटनसंग जोडिनका लागी पनि राजमार्ग पहिलो खुड्किलो भएकाले राजमार्ग फराकिलो पार्नुपर्नेमा उनीहरुको सुझाव छ । साँघुरो र घुमाउरो राजमार्गले यहाँको पहिचानमा समेत प्रभाव पारेकाले यहाँको नागरिकको जिवन परिर्वतन गर्न र यहाँको विकास र समृद्धिका लागी पनि सिद्धार्थ राजमार्ग फराकिलो बनाउनुपर्ने सहभागिले जोड दिएका छन् ।
    यसैगरी, स्थानीयका राय सुझाव संकलनगरी सम्बन्धित निकायसंग पुरयाउने र त्यसपछि राजमार्ग बिस्तारका योजना अघि बढाईने जनाइएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.