स्याङ्जा ३० असार । सामाजिक विकास कार्यालय स्याङ्जाले समिति तथा खर्च सार्वजनिक गरेको छ । आर्थिक बर्ष २०७८÷०७९ को बार्षिक समिक्षा तथा खर्च सार्वजनिक कार्यक्रम मार्फत खर्च सार्वजनिक गरिएको हो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटीले सरकारी कार्यालयले यसरी आय ब्यय सार्वजनिक गर्नु भनेको आफना काम कारवाहीका बारेमा पारदर्शिताको नमूना भएको बताउनुभयो । सामाजिक विकास कार्यालयले जस्तै अन्य कार्यालयले पनि यसैगरी आय ब्यय सार्वजनिक गर्नुपर्ने उहाले जोड दिनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, प्रदेश वाल संजाल संयोजक सुदीप पौडेल, स्याङ्जा अपांग समाज स्याङ्जाका अध्यक्ष युवराज पराजुली, कालीका बहुमुखी क्याम्पसका अध्यक्ष मेघनाथ अर्याल लगायतले कार्यालयको पारदर्शिताका बारेमा प्रशंसा गर्नुभएको थियो ।
कार्यालय प्रमुख इश्वरीप्रसाद रेग्मीले भौतिक प्रगतीमा ९६ प्रतिशत र बित्तिय प्रगतीमा ८२ प्रतिशत खर्च गरेको लगायत गत आर्थिक बर्षमा सम्पन्न भएका ५० वटा बिभिन्न योजनाका बारेमा जानकारी गराउनुभएको थियो । उहाका अनुसार ४८ वटा योजना सम्पन्न भएका छन् ।
शिक्षा तथा संस्कृति बिज्ञान प्रबिधि मन्त्री मेखलाल श्रेष्ठले २०७८ भदौ २८ गते सो कार्यालय उदघाटन गर्नुभएको थियो ।
कार्यालय प्रमुख इश्वरीप्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सवइन्जिनियर सदिक्षा भण्डारीले स्वागत एवं कार्यक्रम अधिकृत शोभाकान्त रेग्मीले संचालन गर्नुभएको थियो ।
Sunday, August 24
Trending
- भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
- मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
- स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
- स्याङजा अस्पतालबाट विस्तारित सेवा
- स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम
- स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी
- फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना
- खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम