स्याङ्जा २१ जेठ । जिल्ला समन्वय समितिको आयोजना सामाजिक विकास कार्यालयको व्यवस्थापन र मानव विकास आश्रमको सहजीकरणमा ूसडक मानव व्यवस्थापन,उद्धार,राहत बिषयक अन्र्तक्रिया गरिएको छ ।
सडक मानव ब्यवस्थापन, उद्धार राहतका लागि सरोकारवाला निकायहरु संग अन्तरक्रिया एंव खुशी एक कला कार्यक्रमू समेत गरिएको थियो ।
अन्र्तक्रियामा बोल्दै पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले नगरपालिका यस्ता बिषयमा संवेदनशील रहेको जनाउदै आगामी निती तथा कार्यक्रममा यस्ता बिषयलाई समेट्ने जनाउनुभयो । उहाले सडकमा मानव आउने परिस्थिती हुन नदिनका लागि आवश्यक काम अघि बढउने बताउनुभयो । प्रमुख रेग्मीले मानव सेवा नै परम धर्म रहेकाले सबैले साथ, सहयोग र मायाले यी सबै सम्भव रहनेमा जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख खडगराज सुवेदी, वालिङ नगरउपप्रमुख कविता तिवारी, गल्याङ् नगरउपपप्रमुख हेमा न्यौपाने, अर्जुनचौपारी गाउँपालिकाका उपाध्यक्ष सपना गुरुङ, विरुवा गाउँपालिकाका उपाध्यक्ष भगवती शर्मा, समाजसेवी लोकनाथ रेग्मी लगायतले सडक मानव ब्यवस्थापनका लागि आवश्यक बजेट एवं नीति बनाएर काम अघि बढाउने बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख इश्वरीप्रसाद रेग्मीले स्वागत एवं मानव सेवा आश्रमका संयोजक मुना लामाले संचालन गर्नुभएको थियो । सोही कार्यक्रममा केन्द्रिय सदस्य हुमनाथ तिमिल्सिनाले मानव सेवा आश्रमले गरेका कामका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा जिल्लाका एघार वटा पालिकाका उपप्रमुख, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत लगायत सरोकारवाला निकायको सहभागिता थियो ।